arrow

समाचार प्रभाव : साङ्लोले बाँधिएर राखिएकी सुलोचनाको उद्धार

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असार ३ बिहिबार
sulochanna-uddhar.jpg

मोरङ । विगत १५ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर करिब एक महिना अघिदेखि आफ्नै घरमा साङ्लोले बाँधिएर राखिएकी सुलोचना राजवंशीको उद्धार भएको छ । सोमबारको हाम्रा कुरा डटकममा मानसिक रोगी भएकै कारण फलामको साङ्लोमा बाँधिएर बस्न बाध्य सुलोचना  शीर्षकमा समाचार प्रकाशन भएपछि बुधवार सुलोचनाको उद्धार भएको हो ।

बेलबारी ९ स्थायी बसोबास गर्दै आएकी सुलोचना राजवंशी साङ्लोमा बाँधिएको खबर सुनेपछि उपमेयर ढाकाकुमारी पराजुली  वडा नं ९ का वडाध्यक्ष स्थानीय समाजसेवीहरू सहित नगरपालिकाको टिम उक्त स्थानमा पुगेर  बुधवार उनको उद्धार भएको हो ।

मानसिक रोगी भएकै कारण सुलोचना घरमा परिवारसँग नबस्ने, गाउँ–गाउँ घुम्ने, खासै बोल्न नचाहने, बोलिहाल्दा पनि झर्केर बोल्ने, बालबालिकालाई कुटपिट गर्ने, अनावश्यक मानिसतिर झम्टने, औषधी नखाने समस्याका कारण परिवार आजित भएको उनका बुबा दरपदचन्द्र राजवंशीले बताए । घरको कमजोर आर्थिक अवस्था हुनुका साथै ७५ वर्षका बुवा दरपद राजवंशी रोजगार गर्न नसक्ने र आफू पनि बृद्धाबस्था भएकोले आफ्नै स्याहार गर्न नसक्ने अवस्थामा जवान छोरीको स्याहारसुसार गर्न ज्यादै कठिन भएको सुलोचनाकी आमा दाखादेवी राजवंशीले बताइन् ।

एकातिर कमजोर आर्थिक अवस्था र अर्कोतिर आफ्नै नगरपालिकाभित्र युवती साङ्लोभित्र बाँधिएको खबरले आफूलाई असाध्यै दुःखी बनाएकोले मानसिक रोगबाट पीडित सुलोचनालाई उद्धार गरी तत्काल इटहरीस्थित माया घरको संरक्षकत्वमा राखिएको उपमेयर पराजुलीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ