arrow

कुँवरको पहलमा बडिगाडका पाँच स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग 

logo
कौरव खत्री,
प्रकाशित २०७८ असार २२ मंगलबार
oxygen-concentrator-help.jpg

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन सोमवार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति दोणकुमार कुँवरको पहलमा गैर आवासीय नेपाली संघ एनआरएनको सहयोगमा प्राप्त मेसिन बडिगाड गाउँपालिकाका दुर्गम वडा नं १,३,४, ८ र ९ गरी ५ वडाका स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति कुँवरले आफ्नो आग्रहलाई स्वीकार गरी मेसिन सहयोग गरेकोमा जन्मभूमि नेपालमा भई कर्मभूमि विदेशमा बनाएका सम्पूर्ण गैर आवासीय नेपाली संघ परिवारलाई धन्यवाद व्यक्त गरे ।

साथै नेता कँुंवरले यस अगाडि पनि नेपाली कांग्रेसको पहलमा जिल्लाका विभिन्न स्थान तथा विशेष गरी बाग्लुङ क्षेत्र नं २ मा कोरोना न्यूनिकरणका लागि थुप्रै स्वास्थ्य सामाग्री तथा मेसिनहरु वितरण गरिएको बताउँदै कुँवरले भौगोलिक हिसाबले अत्यन्तै दुर्गम रहेका बडिगाडका दुरदराजका स्वास्थ्य चौकीहरुमा अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन कन्सन्टे«टर प्रदान गरेको भन्दै सही सदुपयोग गर्न आग्रह गरेका थिए । 

मेसिन हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले एनआरएन तथा पहल गर्ने नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति दोर्ण कुँवरप्रति धन्यवाद व्यक्त गरे । साथै अध्यक्ष पाइजाले कोरोनालाई न्यूनिकरण गर्न सबैको मानवीय र सामाजिक दायित्व आवश्यकता रहेको भन्दै सबै एकजुट हुनपर्नेमा जोड दिए ।  

कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य दिलमाया पौवी, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोख्रेल, नेकपा एमाले बडिगाड गाउँपालिकाका अध्यक्ष गुणानिधि घिमिरेले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर श्रीस, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदी, नेपाली कांग्रेस बडिगाड गाउँपालिकाका सभापति एवम् वडा नं ५ का वडाध्यक्ष अर्जुनप्रसाद खरेल, वडा नं २ का वडाअध्यक्ष ढालेन्द्र शेरचन, स्वास्थ्य संयोजक चुडामणी कंडेललगायत विभिन्न पार्टीका प्रतिनिधि, पकार, गाँउपालिकाका कर्मचारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ