arrow

गगनदेखि विनोद र मनिषा सहितको सहभागीतामा जनकपुर साहित्य महोत्सव 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन १८ बुधबार
janakpur-sahitya-mahotsav-2078.jpg

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा नबिल जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करणको तयारी पूरा भएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर बिहीबारदेखि शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । 

नव मिथिला फाउन्डेसन नेपालको आयोजनामा तीन दिवसीय ‘नबिल जनकपुर साहित्य महोत्सव २०२२’ हुन लागेको  छ। मधेस र मधेसको संस्कार, संस्कृति, भेषभुषालाई देशभरि जोड्ने उद्देश्यले महोत्सव हुन लागेको कार्यक्रमको स्थानीय आयोजक राकेश विक्रम साहले जानकारी दिए ।

महोत्सवमा स्थानीय संस्कृति, साहित्य र राजनीतिक विषयमाथि बहस हुने बताए । कार्यक्रममा राजनीतिक विश्लेषक खगेन्द्र सग्रौला, सिके लाल, चर्चित युवा राजनीतिज्ञ गगन थापा, उद्योगपति विनोद चौधरी, अभिनेत्री मनीषा कोइराला, स्थानीय साहित्यकार डा राजेन्द्र विमल जस्ता व्यक्तिहरू सहभागी हुने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ