arrow

क्वाड सम्मेलन: यथास्थितिबारे चीनलाई चेतावनी, समुद्री निगरानीको नयाँ पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
biden-modi-kishida-albanese-quad-.jpg

काठमाडौं । जापान, भारत, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका लिडरहरुले मंगलबार चीनले स्वशासित ताइवानमा आक्रमण गर्न सक्छ भन्ने चिन्ता बढेका बेला  'शक्ति प्रयोग गरी यथास्थिति परिवर्तन गर्ने' प्रयासविरुद्ध चेतावनी दिएका छन् ।

तथाकथित क्वाड ब्लकको संयुक्त वक्तव्यले यस क्षेत्रमा चीनको बढ्दो सैन्य शक्तिलाई प्रत्यक्षरुपमा उल्लेख नगरे पनि अप्रत्यक्ष रुपमा चीनलाई चेतावनी दिएको हो ।

सावधानीपूर्वक लेखिएको उक्त वक्तव्यले युक्रेनको द्वन्द्वलाई पनि सन्दर्भमा राखेको छ । तर भारतले निन्दा गर्न अस्वीकार गर्दै आएको रुसी आक्रमणप्रपत कुनै स्थिति उल्लेख गरिएको छैन ।

भारतबाहेक क्वाडका अन्य सदस्यहरू रूसको युद्धको कडा प्रतिक्रिया आवश्यक छ भन्नेमा ढुक्क छन् ।

'रुसले युक्रेनमा गरेको आक्रमणले अन्तर्राष्ट्रिय व्यवस्थाका आधारभूत सिद्धान्तहरू हल्लाउँदै गएकाले... (हामीले) बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कतै पनि, विशेष गरी इन्डोप्यासिफिक क्षेत्रमा कहिल्यै पनि सहने छैन भन्ने पुष्टि गरेका छौं,' जापानका प्रधानमन्त्री फुमियो किशिदाले एसिया-प्रशान्तको लागि अर्को शब्द प्रयोग गर्दै भनेका छन् ।

संयुक्त वक्तव्यले रूस वा चीनको उल्लेख गरेको छैन । तर बेइजिङलाई यस क्षेत्रमा नियमित रूपमा आरोप लगाइएको गतिविधिहरूको दायराको विरूद्ध चेतावनी दिइएको छ।

'हामी कुनै पनि जबरजस्ती, उत्तेजक वा एकपक्षीय कार्यहरूको कडा विरोध गर्दछौं जसले यथास्थिति परिवर्तन गर्न र क्षेत्रमा तनाव बढाउन खोज्छ, जस्तैस्विवादित सुविधाहरूको सैन्यकरण, तटरक्षक जहाजहरू र समुद्री मिलिसियाको खतरनाक प्रयोग र अन्य देशहरूलाई बाधा पुर्‍याउने प्रयासहरू एवं अपतटीय स्रोत शोषण गतिविधिहरू,' विज्ञप्तिमा उल्लेख छ ।

शिखर सम्मेलनको केही घण्टापछि जापानले चारै देशका प्रमुख नेताहरुको भेटका क्रममा चिनियाँ र रुसी सैन्य विमानहरूले जापान सागर र पूर्वी चीन सागरमा संयुक्त रूपमा उडान गरेको बताएको छ । यसलाई जापानका रक्षामन्त्रीले उत्तेजक गतिविधि भनेका छन् ।

'अन्तर्राष्ट्रिय समुदायले युक्रेन विरुद्ध रुसको आक्रामकताको प्रतिक्रिया दिँदा, चीनले आक्रमणकारी रुससँग मिलेर यस्तो कारबाही गर्नु तथ्य चिन्ताको विषय हो । यसलाई नजरअन्दाज गर्न सकिँदैन,' रक्षामन्त्री नोबुओ किशीले पत्रकारहरूसँग बोल्दै भने ।

बेइजिङले ती उडानहरु चिनियाँ र रुसको वार्षिक सैन्य सहयोग योजना अनुरूप रहेको टिप्पणी गरेको छ ।

क्वाड राष्ट्रले आफ्नो भिन्नताको बावजुद चीनको बढ्दो सैन्य र आर्थिक शक्तिको लागि थप ठोस काउन्टरवेटमा आफ्नो समूह निर्माण गर्ने प्रयास गरिरहेका छन्।

क्वाड मुलुकहरुले आगामी पाँच वर्षमा क्षेत्रीय पूर्वाधार परियोजनाहरूमा कम्तीमा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना अनावरण गरेका छन् भने चिनियाँ गतिविधिहरूको निगरानीलाई बलियो बनाउने उद्देश्यले समुद्री निगरानी पहलसमेत शुरु गरेका छन् ।

लोकतन्त्र भर्सेस निरंकुशता

गत महिना बेइजिङसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने सोलोमन टापुलगायत प्रशान्त महासागरका राष्ट्रहरूसँग सम्बन्ध निर्माण गर्न चीनले हालसालै गरेको प्रयासको चिन्ता बढेका बेला यस्तो कदम चालिएको हो ।

चीनका विदेशमन्त्रीले यस हप्ता सोलोमोन्स, पपुवा न्यू गिनी, फिजी र किरिबाटीलगायत प्रशान्त महासागरका राष्ट्रहरूको भ्रमणका साथै माइक्रोनेसिया र कुक टापुहरूसँग भिडियो कल गर्ने, बेइजिङले मंगलबार पुष्टि गरेको छ।

किशिदाले क्वाड सदस्यहरूलाई प्यासिफिक टापुहरू लगायत क्षेत्रीय छिमेकीहरूलाई हाेसियारीका साथ सुन्न आग्रह गरेका छन् । यस्तै अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजले चीनले आफ्नो प्रभाव थप गर्ने प्रयास गरिरहेका बेला क्वाडलेले आफ्ना साझा मूल्यहरूलाई यस क्षेत्रमा गति दिन आवश्यक रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कुनै पनि चिनियाँ आक्रमणबाट ताइवानको रक्षा गर्न वासिङ्टन सैन्य हस्तक्षेप गर्न तयार रहेको भन्दै चेतावनी दिएको दोस्रो दिन हिजो क्वाड सम्मेलन भएको हो ।

बाइडेनले त्यसको अर्थ वासिङ्टनले लामो समयदेखि रहेको चिनियाँ आक्रमणलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने रणनीति फेरिएको भने हैन भन्ने स्पष्ट पार्न खोजे ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले वासिङ्टनलाई ताइवानमा शब्दको खेल खेलेको आरोप लगाउँदै यदि संयुक्त राज्य गलत बाटोमा हिँड्यो भने 'असहनीय परिणाम' हुने चेतावनी दिएका छन् ।

बाइडेनले मंगलबार नीति परिवर्तको रुपमा देखिनबाट बच्न खोजे पनि क्वाडको ध्यान कहाँ केन्द्रीत छ भन्ने विषयमा भने शंका गर्न ठाउँ राखेका छन् । 'यो लोकतन्त्र भर्सेस निरंकुशताको बारेमा हो र हामीले यो प्रदान गर्ने सुनिश्चित गर्नुपर्दछ,' बाइडेनले क्वाड सम्मेलन शुरु भएपछि भनेका थिए ।

क्षेत्रीय सरोकार एवं चिन्ताका विषयमा बढ्दो चिनियाँ उडान, नौसेना अभ्यास र माछा मार्ने जहाजद्वारा अतिक्रमणलगायतका मुद्दाहरुलाई हेरिएको छ । प्रत्यक्षरुपमा नतोके पनि अवैध माछा मार्ने सन्दर्भमासमेत चीनलाई सचेत गराएको छ ।

क्वाडले यसको नयाँ सामुद्रिक अनुगमन कार्यक्रमले समुद्र र महासागरमा स्थिरता र समृद्धिलाई बढावा दिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ