arrow

दक्षिण चीन सागरमा आएको अमेरिकी विध्वंसक भगाएको चीनको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
us-destroyer.jpg

काठमाडौं । चीनले दक्षिण चीन सागरको विवादित पारासेल टापु नजिकै आएको अमेरिकी विध्वंसक पानी जहाजलाई  आफ्नो सेनाले भगाएको भन्दै आक्रामक प्रतिक्रिया दिएको छ ।

संयुक्त राज्य अमेरिकाले नियमित रूपमा दक्षिण चीन सागरमा स्वतन्त्र नेभिगेसन अपरेशन गर्दै आएको छ। अमेरिकाले यसलाई चीन र अन्य दावीकर्ताले लगाएको प्रतिबन्धको चुनौती भन्ने गरेको छ ।

विध्वंसक जहाज यूएसएस बेनफोल्डले 'अन्तर्राष्ट्रिय कानूनसँग सुसंगत पारासेल टापु नजिकैको दक्षिण चीन सागरमा नेभिगेसन अधिकार र स्वतन्त्रतालाई जोड दिएको' अमेरिकी नौसेनाले जनाएको छ ।

चीनले संयुक्त राज्य अमेरिकाले जानाजानी तनाव भड्काएको आरोप लगाउँदै आएको छ ।

पारासेल वरपर चीनको क्षेत्रीय जलक्षेत्रमा प्रवेश गरेर अमेरिकी जहाजले चीनको सार्वभौमसत्ता र सुरक्षालाई गम्भीर रूपमा उल्लङ्घन गरेको  पिपुल्स लिबरेसन आर्मीको दक्षिणी थिएटर कमाण्डले जनाएको छ ।

यो क्षेत्रलाई भियतनाम र ताइवानले पनि दाबी गरेका छन् ।

'पीएलएको दक्षिणी थिएटर कमाण्डले जहाजलाई पछ्याउन, निगरानी गर्न, चेतावनी दिन र पर पुर्याउन समुद्री र वायु सेना प्रयोग गर्‍यो,' चिनियाँ फ्रिगेट सियानिङको डेकबाट लिइएको बेनफोल्डको चित्रहरू देखाउँदै दक्षिण थिएटर कमाण्डले भनेको छ ।

संयुक्त राज्य अमेरिका दक्षिण चीन सागरमा  सुरक्षा जोखिम सिर्जना गर्ने र क्षेत्रीय शान्ति र स्थिरताको विनाशकर्ता भन्दा कम नभएको आरोप चिनियाँ सेनाले लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ