arrow

अमेरिका भन्छ- भविष्य प्रशान्तमा लेखिएको छ, लगानी दोब्बर गर्दैछौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
wendy-sherman-us-asia-pacific.jpg

काठमाडौं । अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनले प्रशान्त क्षेत्रप्रति अमेरिकी प्रतिबद्धता प्रष्ट पार्ने उद्देश्यको भ्रमणका क्रममा मङ्गलवार न्यूजील्याण्डमा बोल्दै विश्वको भविष्य प्रशान्त क्षेत्रमा लेखिने बताएकी छन् । शर्मनले वेलिंग्टनमा एक पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राज्य अमेरिकाको लागि प्यासिफिक क्षेत्रमा संलग्न हुनु महत्त्वपूर्ण रहेको बताउँदै यस्तो टिप्पणी गरेकी हुन् ।

कुन किसिमले उनले भविष्यमा प्रशान्त क्षेत्रमा लेखिन्छ भन्ने कुरा स्पष्ट नपारीकनै भनेकी छन् अमेरिकी लिडरहरूले विश्वको,'भविष्य यहाँ प्रशान्तमा लेखिनेछ' भन्ने विश्वास राख्छन्।

यस वर्ष सोलोमन टापुसँगको सुरक्षा सम्झौतापछि प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने चीनको महत्वाकांक्षा प्रति अमेरिका चिन्तित रहेको छ ।

'हामी यहाँ प्रशान्त क्षेत्रमा हाम्रो लगानीलाई दोब्बर गर्दैछौं,' शर्मनले भनेकी छन् । उनले शान्ति र सुरक्षामा सबैको समृद्धि सुनिश्चित गर्न यस क्षेत्रमा संलग्न हुन र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको प्रवर्द्धन गर्न अमेरिकाले सक्दो प्रयास गरिरहेको बताइन् ।

विगत पाँच दिनमा शर्मनले सामोआ, टोंगा, अष्ट्रेलिया र सोलोमन टापुका नेताहरूसँग भेट गरेकी छन् । यस्तै उनी ग्वाडालकानलको युद्धको ८० औं वर्षगाँठको सम्झनामामा आयोजित कार्यक्रममा उपस्थित भएका छन्।

शर्मनले सोलोमन टापुका प्रधानमन्त्री मनसेह सोगाभारेलाई भेटे तापनि टापुका प्रधानमन्त्री मनसेह संयुक्त राज्यले आयोजना गरेको बिहानको सेवामा उपस्थित भएनन् ।

न्यूजील्याण्डमा शर्मनले प्रधानमन्त्री जसिन्डा आर्डर्नलाई भेटेकी छन् । दुवैले स्वतन्त्र र खुला इण्डो प्यासिफिकको माध्यमबाट आर्थिक समृद्धिलाई बढावादिने सहित प्रशान्त क्षेत्रमा संयुक्त राज्य अमेरिका र न्यूजील्याण्डका प्रयासहरू समन्वय गर्ने बारे छलफल गरेका छन्। 

दुई देशले अन्तरिक्ष र आपत्कालीन व्यवस्थापन सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ