arrow

एकीकृत कारोबार गर्दै नेपाल इन्भेष्टमेन्ट र मेगा बैङ्क, दुई दिन सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
investment-bank-mega-bang-merger.jpg

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क नेपालले यही पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैङ्कले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैङ्कले गत पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैङ्क मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कका नामबाट आगामी पुस २७ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बन्ने बैङ्कको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौँ जिल्ला वडा नं १ दरबारमार्गमा हुने कम्पनीले जानकारी दिएको छ । दुवै बैङ्क १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैङ्कको एक कित्ता शेयर बराबर मेगा बैङ्कको ०.९० कित्ता हुनेछ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैङ्कको चुक्ता पुँजी रु  १८ खर्ब ३१ अर्ब छ भने मेगा बैङ्कको रु १६ खर्ब १२ अर्ब रहेको छ । दुवै बैङ्क एक भएपछि बैङ्कको चुक्ता पुँजी रु ३४ खर्ब ४३ अर्ब पुग्नेछ । मर्जरपश्चात् जगेडा कोष रु १९ अर्ब ७५ करोड, निक्षेप सङ्कलन रु तीन खर्ब ४६ अर्ब ८५ करोड र कर्जा प्रवाह रु तीन खर्ब १९ अर्ब ४४ करोड पुग्नेछ । मर्जरपश्चात् उपत्यकाभित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यकाबाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय दुई सय  दुई र एटिएम सङ्ख्या दुई सय ७९ वटा पुग्नेछन् ।

दुई दिन सेवा बन्द

यही पुस २७ गते एकीकृत कारोबार अगाडि दुई दिन नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्कले दुई दिन सेवा बन्द गर्ने भएको छ । बैङ्कले सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि बैङ्कले पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको हो ।



लोकप्रिय समाचार
नयाँ