arrow

नाकाबन्दीको दोष बोक्दै मोर्चा : नाका खोल्न भारतको सुझाब

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
morcha @ dillli.jpg.jpeg
काठमाडौं । भारतले संसद्बाट संविधान संशोधनमार्फत मधेसीका मुद्दा सम्बोधन हुनुपर्ने र तराईमा जारी सीमा अवरोध हट्नुपर्ने स्पष्ट पारेको छ । नयाँ पत्रिकामा दिल्लीबाट पर्शुराम काफ्ले लेख्छन्–भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका शीर्ष नेताहरूसँगको भेटवार्तामा नेपालका प्रमुख दलहरूले बृहत् सहमति निर्माण गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र परिस्थिति सामान्य बनाउनुपर्ने बताएकी हुन् । भारतीय विदेशमन्त्री स्वराजले मोर्चाका शीर्ष नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवसँग तीन घन्टा डिनरसहितको भेटवार्ता गरेकी थिइन् । 
 
साँझ ८ बजेदेखि सुरु भएको डिनर वार्ता राति ११ बजेसम्म चलेको थियो । वार्ता लम्बिएपछि भाजपा नेता यशवन्त सिन्हासँग तय भएको भेट मोर्चा नेताले रद्द गरेका छन् । ‘तीन घन्टा छलफल भयो, जसमा हामीले परिस्थितिको सबै पक्ष र नेपाल–भारत सम्बन्धका विषयमा सबै कुरा सविस्तारमा ब्रिफिङ गरेका छौँ, भारतीय विदेशमन्त्रीले धेरै कुरा गर्नुभएन,’ हैदरावाद हाउसमा भेटवार्ता सकिएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ पत्रिकासँग भने, ‘हामीले संविधानमा मधेसी जनतामाथि भएको विभेद, नागरिकता, भाषालगायतको विभेद, सरकारले गरेको दमन, सबै विषयमा जानकारी दिएका छौँ । हाम्रो आन्दोलनको माग, सरकारको रबैयालगायत सबै पक्षमा कुराकानी भएको छ ।’ महतोले मधेसमा अधिकारका लागि आन्दोलन भएको र अन्तरिम संविधानमा पाइएको अधिकार पनि नयाँ संविधानमा खोसिएकोसमेत ब्रिफिङ गरेको बताए । 
 
उनले मधेसी, थारू जनतामाथि सरकारले दमन गरेको, तर राजनीतिक समाधानका लागि सरकारले तत्परता नदेखाएको पनि बताएको जानकारी दिए । ‘निकट छिमेकीको नाताले यो अवस्थामा भारत चुप लागेर बस्न मिल्दैन, राजनीतिक समाधानका लागि आफ्नो ठाउँबाट पहल गरिदिनुस्, नेपाल सरकारलाई दबाब दिनुस् भनेर आग्रह पनि गर्‍यौँ,’ महतोले भने, ‘उहाँहरूले हाम्रा विषयलाई सकारात्मक रूपमा लिनुभएको छ ।’ जवाफमा विदेशमन्त्री स्वराजले भारतले पहिलेदेखि नै सहमतिका आधारमा संविधान लेख्नुपर्ने बताउँदै आएको, तर दलहरूले वास्ता नगरेको बताएकी थिइन् । महतोले स्वराजको भनाइ उद्धृत गर्दै भने, ‘हामीले पहिलेदेखि नै भनेका थियौँ । अन्यथा यस्तो परिस्थिति आउँछ भन्ने आँकलन पहिले नै गरेका थियौँ, पूर्वसंकेत पनि दिएका थियौँ, तर सुनुवाइ गरेनन् । अब सबै पक्ष बसेर सर्वस्वीकार्य समाधान निकाल्नुस् ।’ नाकाबन्दीका विषयमा सोध्दा महतोले केही बताउन चाहेनन् ।
 
भेटवार्तामा के–के भयो ? 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सुरुमा १२ बजे तुगलग रोड–७ स्थित जनता दल युनाइटेडका अध्यक्ष शरद यादवलाई भेटेका थिए । एक घन्टाको भेटवार्तामा मधेसी नेताले नयाँ संविधानमा आफ्ना मतभेद राखेर कुरा सुरु गरे । नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व र प्रदेशको सीमांकनका विषयलाई लिएर तराईलाई विभेद गरिएको ब्रिफिङ गरेपछि यादवले सोधे, ‘नाका अवरोध किन ?’ मोर्चा नेताले अन्य विकल्पबाट समाधान नभएपछि र सरकारले नसुनेपछि बाध्य भएर नाका अवरोध गरेको जवाफ दिएका थिए । स्रोतका अनुसार जेडियू अध्यक्ष यादवको भनाइ थियो, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उतै बसेर सुल्झाउनुस्, मधेसीहरूमाथिको विभेद हट्नुपर्छ, यसमा हामी तपाईंप्रति सहानुभूति राख्छौँ । तर, नेपालभित्रै बसेर समाधान खोज्नुपर्छ ।’ भेटमा सहभागी जेडियू नेता केसी त्यागीले मधेसीहरूको ब्रिफिङपछि आफूले एमाआवादी अध्यक्ष प्रचण्डसँग कुरा गरेको नयाँ पत्रिकालाई बताए । उनले भने, ‘मधेसको मुद्दा समाधान गर्नुपर्छ भन्नेमा हामी एक छौँ, यो कुरा भनेको पनि छु, तर यसलाई बहाना बनाएर आपूर्तिमा अवरोध पुर्‍याउने कुरामा हाम्रो असहमति छ ।’ 
 
समस्या शीघ्र समाधान होस् 
डा. करण सिंह, भारतीय राष्ट्रिय कंग्रेस विदेश विभाग प्रमुख 
मेरो घरमा मधेसका नेताहरू आउनुभएको थियो । उहाँहरूले मधेस आन्दोलन, त्यसका मुद्दालगायत सबै विषयमा कुरा राख्नुभयो । मैले उहाँहरूको कुरा सुनेँ, उहाँहरूलाई दिने सन्देश केही थिएन, छैन । मेरो भन्नु यत्ति छ कि नेपालको गहिरिँदो संकटप्रति हामी चिन्तित छौँ । नेपालका दलहरू बसेर मधेसका मुद्दाबारे यथाशीघ्र समाधान गर्नुपर्छ र नेपाललाई स्थिरताको बाटोमा लैजानुपर्छ । अहिले सीमामा रहेको गतिरोध अन्त्य हुनुपर्छ र जनजीवन सहज पार्न सबैले मद्दत गर्नुपर्छ । नेपालभित्रै समाधान खोजौँ डिपी त्रिपाठी, महासचिव, कंग्रेस राष्ट्रवादी मधेसका नेताहरूसँग नेपालमा चलेको मधेस आन्दोलनलगायत विभिन्न विषयमा विस्तृतमा कुराकानी भयो । उहाँहरूले मधेस आन्दोलनका मागका बारेमा ब्रिफिङ गर्नुभयो । मैले भनेँ कि नेपालका सबै दल बसेर यो विषय टुंग्याउनुपर्छ र नेपालभित्रै यसको हल खोजिनुपर्छ । हामी नेपालको हितैषीका नाताले यसको शीघ्र समाधान खोज्न प्रोत्साहित गर्छौँ । नेपाल सरकार पनि समस्या समाधानका लागि सकारात्मक छ, त्यहीँ छलफल गरेर टुंग्याउनुपर्छ । नाकाबन्दीका कारण नेपाली जनताले समस्या झेलिरहेका छन्, यसको तुरुन्त अन्त्य गर्नुपर्छ र वार्ताबाट समाधान निकाल्नुपर्छ । के समाधान निकाल्ने हो, नेपालकै दलहरू बसेर तय गर्ने हो, हामीले केही गर्ने होइन । 
 
सीताराम येँचुरी, 
महासचिव, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी 
मधेसीहरूमाथि नेपालमा विगतदेखि नै भेदभाव हुँदै आएकोमा नयाँ संविधानमा पनि भेदभाव भएको छ । यसलाई हामी इन्कार गर्न सक्दैनौँ । करिब चार महिनादेखि चलेको मधेस आन्दोलनको असर भारतमा पनि परेको छ । खुला सिमानाका कारण त्यसको असर भारतमा पर्नु स्वाभाविकै हो । त्यसकारण यो मुद्दा अब नेपालको आन्तरिक मात्रै रहेन । सरकार (भारत)ले मधेस मुद्दाका विषयमा एउटा धारणा बनाउनु जरुरी छ र यो मुद्दा सुल्झाउन नेपाल सरकारमाथि दबाब बढाउनु जरुरी छ । यसमा लागि हामी प्रयास गर्छौँ । 
 
नाका खोल्न मधेसीलाई अनुरोध 
मधेसी मोर्चासाग करिब अढाइ घन्टा लामो दुईचरणको छलफलपछि पनि भारतले मधेसीहरूको मागमा समर्थन जनाएको छ । तर, सीमा अवरोध हटाउन पनि एकैसाथ आग्रह गरेको छ । नयाँदिल्लीमा कूटनीतिक स्रोतहरूले बताएअनुसार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका प्रमुख दल र मधेसी मोर्चाबीच ‘विन–विन’ हुने गरी सम्झौता गर्नुपर्ने भारत सरकारको धारणा मधेसी नेताहरूलाई सुनाएकी छिन् । यसपटक पनि स्वराजले बृहत् संवादका आधारमा संविधानको स्वामित्व सबै पक्षले लिने वातावरण बनाउनुपर्नेमा जोड दिएको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले बताए छन् । 
 
विदेश मन्त्रालयको भनाइ 
‘विदेशमन्त्री सुष्मा स्वराजले मधेसी मोर्चाका नेताहरूलाई नयाादिल्लीमा भेट्नुभयो र समावेशी नेपालका पक्षमा समर्थन दोहोर्‍याउनुभयो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भेटवार्तापछि ट्विटरमा भनेका छन्, ‘बृहत् आधारमा संविधानको स्वामित्व लिने गरी अघि बढ्न र शीघ्रातीशीघ्र राजनीतिक समाधान निकालेर परिस्थितिलाई सामान्यतर्फ लैजान प्रोत्साहित गर्नुभएको छ ।’ 
 
हैदरावाद हाउसमा डिनर 
भारतले विशिष्ट अतिथिलाई निम्ता गर्दा सम्मानमा दिवाभोज वा रात्रिभोजसहितको बैठक गर्दा हैदरावाद हाउस रोज्ने गरेको छ । दुई महिनाअघि उपप्रधानमन्त्री कमल थापालाई दिवाभोज दिएकै स्थान हैदरावाद हाउसमा मधेसी नेतालाई विदेशमन्त्री सुष्मा स्वराजले रात्रिभोज आयोजना गरिन् । त्यहाा सुरुमा मधेसी नेता, स्वराज, विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुर, नेपालका लागि भारतीय राजदूत रणजित रायसहितका अधिकारीसाग सामूहिक छलफल भयो । मधेसी नेताले सामूहिक रूपमा आफ्ना विषय प्रस्तुत गरे । डेढ घन्टापछि ९:३० मा चार मधेसी शीर्ष नेता र विदेशमन्त्री स्वराजबीच बेग्लै बैठक भएको थियो । 
 
नाकाबन्दीको जिम्मा मधेसी मोर्चालाई
भारतको नाकाबन्दीविरुद्ध खडा भएका सांसदलाई भेटेर मोर्चा नेताले भने, ‘नाकाबन्दी हामीले लगाएका हौा ।’ भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीबारे जनता दल युनाइटेडका सांसद पवन बर्माले राज्यसभामा पेस गरेको ध्यानाकर्षण प्रस्तावबारे सोमबार छलफल हुादै छ । बर्माले पेस गरेको प्रस्तावको लिखित जवाफ विदेशमन्त्री सुष्मा स्वराजले दिइसकेकी छिन्, तर त्यसमा असन्तुष्ट ११ जना सांसदले सोमबार उनीसामु प्रश्नहरू गर्नेछन् । नेपालप्रति नरम धारणा राख्दै आएका प्रभावशाली सांसदहरू डा. करण सिंह, शरद यादव, सीताराम येँचुरी, डिपी त्रिपाठीसाग मधेसी मोर्चाका नेताहरूको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोमबार राज्यसभामा नाकाबन्दीबारेमा जसले प्रश्न सोध्दै छन्, उनीहरूलाई भेटेर आइतबारै मधेसी मोर्चाका नेताले भनेका छन्, ‘नाकाबन्दी हामीले लगाएका हौा, भारत सरकारले होइन । यसमा भारतलाई बदनाम गर्न खोजिएको छ ।’ नेपाल मामिला जानकारहरूका अनुसार मधेसी मोर्चाको ब्रिफिङपछि सरकारलाई संसद्मा जवाफ दिन सजिलो भएको छ । ‘संसद्मा नेपालबारे बहस हुादा भारत सरकारलाई नाकाबन्दीका विषयमा चर्को आलोचना गर्ने सांसदहरूलाई भेटाउनुको अर्थ छ, मधेसी नेताहरूले भनिसकेकाले नाकाबन्दीको विवादबाट मुक्त हुन भारतले ठाउा पाएको छ ।’ बिहीबारको बहस सोमबारका लागि सारिएको थियो । 
 
भेटवार्ता सबैसँग
नाका खोल्न भारतीय विपक्षीको पनि आग्रह
-मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवले सुरुमा १२ बजे तुगलग रोड ७ स्थित जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसाग भेटे ।
 
-एक घन्टाको भेटवार्तामा मधेसी नेताले नयाा संविधानमा आफ्ना मतभेद राखेर कुरा सुरु गरे । नागरिकता, निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्व र प्रदेशको सीमांकनका विषयलाई लिएर तराईलाई विभेद गरिएको ब्रिफिङ गरेपछि यादवले सोधे, ‘नाका अवरोध किन ?’ मोर्चा नेताले अन्य विकल्पबाट समाधान नभएपछि र सरकारले नसुनेपछि बाध्य भएर नाका अवरोध गरेको जवाफ दिएका थिए ।
 
-स्रोतका अनुसार जेडियू अध्यक्ष यादवको भनाइ थियो, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उतै बसेर सुल्झाउनुस्, मधेसीहरूमाथिको विभेद हट्नुपर्छ, यसमा हामी तपाईंप्रति सहानुभूति राख्छौा । तर, नेपालभित्रै बसेर समाधान खोज्नुपर्छ ।’ भेटमा सहभागी जेडियू नेता केसी त्यागीले मधेसीहरूको ब्रिफिङपछि आफूले एमाओवादी अध्यक्ष प्रचण्डसाग कुरा गरेको नयाा पत्रिकालाई बताए । उनले भने, ‘मधेसको मुद्दा समाधान गर्नुपर्छ भन्नेमा हामी एक छौा, यो कुरा भनेको पनि छु, तर यसलाई बहाना बनाएर आपूर्तिमा अवरोध पुर्‍याउने कुरामा हाम्रो असहमति छ ।’
 
-त्यसपछि होटेल ताजमा लन्च खाएका नेताहरू ब्रिफिङका लागि अपराह्न ४ बजे कंग्रेस विदेश विभाग प्रमुख डा. करण सिंहको निवास चाणक्यपुरीस्थित मानसरोवर भवन पुगेका थिए । भेटमा सिंहले नाकाबन्दी र त्यसबाट बालबालिकाको शिक्षा, आममानिसको स्वास्थ्यमा परेको असरबारे सोधेका थिए ।
 
-स्रोतका अनुसार सिंहको भनाइ थियो, ‘राजनीतिक आन्दोलन गर्नुस्, तर यत्रो मानवीय संकट आउने गरी किन नाका बन्द गर्नुहुन्छ ?’ उनलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जवाफ दिए, ‘एउटा वीरगन्ज रक्सौल नाका बन्द छ, बाँकी ठाउँमा अवरोध छैन । भारतबाट सामान र इन्धन गइरहेका छन् । यस मामिलामा भारतमाथि आरोप थोपर्ने प्रयास भइरहेको छ, यो सही होइन । हामीले राजमार्गमा आन्दोलन गर्दा गोली हानियो, बाध्य भएर नाकामा आएका हौँ । यो हाम्रो मजबुरी हो ।’ वार्तामा सिंह चिन्तित मुद्रामा थिए । भेटवार्तापछि सिंहले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूको कुरा सुनेपछि यो विषयको गम्भीरता बुझ्ने मौका पाएँ । यथाशीघ्र नेपालका दलहरू मिलेर यसको समाधान खोज्नुपर्छ ।’
 
-सिंहसँगको भेट सकिएपछि मधेसी नेताहरू राष्ट्रवादी कंग्रेसका महासचिव तथा राज्यसभाका सांसद डिपी त्रिपाठीको निवास फिरोजसाह रोडमा पुगेका थिए । एक घन्टा लामो बैठकमा मधेसी नेताले संविधानको कुरा उठाए भने सरकारले मधेसीमाथि दमन गरेको आरोप लगाए । त्रिपाठीले पनि उनीहरूलाई सोधे, ‘सिमानामा किन अवरोध गरेको ?’ मोर्चाका नेताको जवाफ थियो, यो मजबुरी हो ।’ त्रिपाठीले मधेसको मुद्दा नेपालको आन्तरिक रहेको भन्दै उहीँ बसेर समाधान खोज्न सुझाब दिएको बताए । ‘नेपाल सरकार संविधान संशोधन गर्न तयार छ, उतै बसेर टुंगो लगाउनुस् । हाम्रो केवल सद्भाव छ,’ त्रिपाठीले भने ।
 
-त्रिपाठीसँगको भेटपछि साँझ साढे ६ मा मधेसी नेताहरू माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येँचुरी भेट्न उनको पार्टी कार्यालय पुगेका थिए । भेटमा मोर्चा नेताले उही कुरा दोहोर्‍याए । उनीहरूले हरेकजसो बैठकमा जस्तै येँचुरीलाई पनि भने, ‘नाकाबन्दी भारतले होइन, हामीले बाध्य भएर गरेका हौँ । हामीमाथिको विभेद अन्त्य भए यो पनि अन्त्य हुन्छ ।’ भेटपछि येँचुरीले सञ्चारकर्मीसँग कुरा गर्दै मधेसको मुद्दामा भारतले दृष्टिकोण बनाउनुपर्ने बताए । उनले मधेसीमाथि अन्याय भएकोमा आफू सहमत भएको पनि उल्लेख गरेका थिए । येँचुरीपछि मधेसी नेता होटेल ताज पुगेका थिए । साँझ ८ बजे डिनर बैठकका लागि हैदरावाद हाउस पुगेका उनीहरू राति ११ बजे मात्रै त्यहाँबाट फर्किएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ