arrow

तनहुँको शुक्लागण्डकी नगरपालिकामा पृथ्वीजयन्तीको बिदा

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
bida.jpg

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ