arrow

इपीएल किक्रेट : पारस विशाल वारियर्सको कप्तान, प्रशिक्षक जगतको साथ विनोदलाई

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
everest-premier-league-nepal.jpeg
काठमाडौं । आउँदो अक्टोबर ३ अर्थात् असोज १७ गते देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने एभरेष्ट प्रिमियर लिग इपीएल किक्रेटमा सहभागि हुने टोली र खेलाडीको टुंगो लागेको छ । 
 
टी–२० संरचनाको प्रतियोगितामा विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, जगदम्बा राइनोज, पञ्चकन्या तेज, कान्तिपुर गोर्खाज र सगरमाथा लिजेन्ड्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । 
 
नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले विशाल वारियर्सको कप्तानी सम्हाल्दै छन् । उनको टोलीमा राजु रिजाल, सागर पुन र परेश लोहनी अटाएका छन् । राजु विकेट किपर छन् । पासरको टोली प्रशिक्षक महेश रिजाल छन् । 
 
यस्तै, राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले कलर्सको कप्तानी सम्हाल्ने छन् । उनको टोलीमा हिमांशु दत्त विकेट किपर छन् । यस्तै सिद्धान्त लोहनी, राजेश पुलामी मगर र राहुल प्रताप सिंह समेत ज्ञानेन्द्रको टोलीमा परेका छन् । उनको टोली प्रशिक्षक मन्जुर अलाम छन् । 
 
राष्ट्रिय टोलीका स्पिनर शक्ति गौचनले जगदम्बाको कप्तानी पाएका छन् । उनको टोलीमा विकेट किपरको जिम्मा मेहश क्षेत्रीलाई छ । प्रेम तामाङ, सोमपाल कामी पनि उनकै टोलीमा परेका छन् । नविन सिंहले कोचको जिम्मेवारी पाएका छन् । 
 
राष्ट्रिय टिमका भरपर्दा व्याट्सम्यान शरद भेषावकरले पञ्चकन्याको कप्तानी सम्हाल्दै छन् । उनको टोलीमा सुशील कँडेल, करन केसी, आरिफ शेख, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी, पृथु बास्कोटा, कुशल भूर्तेल परेका छन् । क्लाम अलीले प्रशिक्षण सम्हाल्ने छन् । 
बसन्त रेग्मीले कान्तिपुरको कप्तानी पाएका छन् । उनको टोलीमा सुवास खकुरेल विकेट किपर छन् । प्रदीप ऐरी, अनिल साह पनि छन् । साम्सन थापाले प्रशिक्षणको जिम्मेवारी लिँदै छन् । यस्तै, विनोद भण्डारीले सगरमाथाको कप्तानी सम्हाल्दै छन् । उनको टोलीमा अनिल कुमार मण्डल, सुनील धमला, राहुल विश्वकर्मा, सन्दीप सुनार र विक्रम सोव छन् ।
 
जसको प्रशिक्षण नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले सम्हाल्दै छन् । राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडीहरु अधिकांश विनोद र शरदको टोलीमा बढी परेका छन् । सोही आधारमा यी दुई टोली बलिया मानिएका छन् । यद्यपि, पारस खड्काको टोलीमा यु–१९ टोलीका कप्तान रहिसकेका राजु रिजाल, सागर पुन जस्ता हस्ती छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ