arrow

खेल राजनीतिः चालीस देशले पेरिस ओलम्पिक बहिस्कार गर्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
paris-olympic-2024.jpg

काठमाडौं । विश्वको खेल राजनीति अचम्मसँगै दुषित हुँदै गएको छ । खेलकुदले विश्वयुद्धसमेत रोक्न सक्ने दाबी भइरहेका बेलामा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि एकाएक खेल राजनीति बदलिएको छ । फिफा विश्वकप फुटबल र युरोकपमा रुस र बेलारुसलाई प्रतिबन्ध लागिसकेको छ । अब यसको असर ओलम्पिमा पनि देखिने पक्काजस्तै भएको छ । 

सोही विषयलाई मध्यनजर गर्दै पोल्याण्डका खेलकुद तथा पर्यटन मन्त्री कामिल बोर्टनिकजुकले ४० देशले पेरिस ओलम्पिक बहिस्कार गर्न सक्ने र ओलम्पिकलाई अर्थहीन बनाउने दाबी गरेका छन् । 

अन्तर्राष्ट्रिय ओलम्पिक  कमिटी (आईओसी) ले रुस र बेलारुसलाई फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा सहभागिता जनाउन दिने योजना बनाएपछि पोल्याण्डका खेलकुद मन्त्रीको यस्तो टिप्पणी आएको हो ।

पेरिस ओलम्पिक सन् २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुनेछ । रुस र बेलारुसलाई सहभागिता जनाउन दिएमा पोल्याण्डले ओलम्पिक बहिस्कार गर्ने जनाएको छ । यस्तै लिथुआनिया, इस्टोनिया र लाटभियालेसमेत बहिस्कार गर्ने जनाएको छ ।

युक्रेनलेसमेत पेरिस ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ