arrow

प्रदेश नं ३ : वरिष्ठलाई स्वतः महासंघको अध्यक्ष बनाउने पक्षमा को विपक्षमा को ?

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Fncci_Federal-3.jpeg
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हुँदैछ। कात्तिक पहिलो साता बस्ने महासंघको विशेष साधारणसभाले संघीय उद्योग वाणिज्य महासंघको विधान पारित गर्दैछ। मुलुक संघीय प्रदेशमा भएपछि महासंघको स्वरूप पनि कस्तो बन्ने भन्ने विषयमा महासंघ भित्र पनि घनिभूत छलफल भएको छ । तर, महासंघको स्वरूप कार्य विभाजन र यसमा जिल्ला तथा नगरको अधिकारको विषयमा पनि घनिभूत छलफल भईरहेको छ।
 
यस विषयमा जिल्ला उद्योग वाणिज्य संघहरूले पनि धेरै सुझावहरू प्रस्तुत गरिरहेका छन् । महासंघको अबको नेतृत्व कस्तो हुने र विधान कस्तो बन्ने भन्ने विषयमा अझै पनि एक मत भईसकेको छैन। अहिलेको विधानमा एकातिर नेतृत्व चयनको विषयमा चर्चा रहेको छ भने अर्कोतर्फ अधिकार बाँडफाँडको कुरालाई पनि चर्चाको विषय बनाईएको छ। 
 
जिल्ला उद्योग वाणिज्य संघमा कुरा गर्दा कतिपयले अझै प्रस्तावित विधान प्राप्त गर्न नसकिरहेको बताएका छन् । यसरी विधान प्राप्त नभएका तथा विधानमा सुझाव अटाउन नसकेकाहरूको पनि राय महासंघसम्म पु¥याउने लक्ष्य सहित हाम्रा कुरा डटकमले हरेक जिल्ला उद्योग वाणिज्य संघका सुझावहरू संकलन गरि प्रकाशन गर्दै आएको छ। 
 
जिल्ला उद्योग वाणिज्य संघहरू नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एउटा महत्वपूर्ण र प्रभावशाली क्षेत्र मानिन्छन् । महासंघको कुनैपनि निर्णयमा जिल्ला उद्योग वाणिज्य महासंघको धारणाले पनि निर्णयक भूमिका निर्वाह गरिरहेको हुन्छ । यसै विषयमा हाम्राकुरा डटकमले प्रदेश नं ४ भित्र पर्ने विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग अबको महासंघको कार्य विभाजन र जिल्ला तथा नगरको हैसियत कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानीको अंशः
 
हामी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावको हामी पक्षमा छौ 
विनेश कुमार श्रेष्ठ
अध्यक्ष
सिन्धुली उद्योग वाणिज्य संघ
हामी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावको हामी पक्षमा रहेको छ । व्यवसायिक हितको लागि नेपाल उद्योग वाणिज्य महासंघको यो प्रस्तावमा हामी सिन्धुली जिल्ला उद्योग वाणिज्य संघ समर्थनमा रहेको छ । प्रान्तीय अध्यक्षको विषयमा हामीले अहिले खासै अध्ययन गरिसकेका छैनौं । त्यसैले गर्दा यस विषयमा मैले धेरै कुरा गर्नुपनि सान्दर्भिक देख्दिन । अब अर्काे विधानमा प्रस्ताव गरिएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघले सदस्यता लिनको लागि तोकिएको मापदण्ड भने अलिक बढी भयो कि भन्ने हामीलाई लागिरहेको छ । मेरो विचारमा त मलाई के लाग्छ भने जिल्ला उद्योग वाणिज्य संघको लागि एक हजार जनाको प्रावधान राख्ने र नगर उद्योग वाणिज्य संघको लागि ७ सयको हाराहारीमा मात्रै आवश्यक पर्ने प्रावधान राखिनुपर्छ । 
 
हामीले अहिलेसम्म विधान पाएको छैन
कृष्ण प्रसाद अवाल 
अध्यक्ष
भक्तपुर उद्योग वाणिज्य संघ
सबैभन्दा पहिलो कुरा त हामीले अहिलेसम्म विधान पाएको छैन । विधान संशोधनको लागि प्रस्तावित विधान नपाएपनि हामीले केही कुराहरु बाहिर सुनेको आधारमा पनि केही असन्तुष्टिहरू संकलन गरेका छों । हामीलाई वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने गरी गरिएको प्रस्ताव हामीलाई स्वीकार्य त छ तर यसको लागि हामीले यो पटक होईन अर्काे पटकदेखि राख्नुपर्छ । होईन भने कुनैपनि व्यक्तिको लागि मात्रै विधान संशोधन गर्न खोजिएको आरोप लाग्नसक्छ । जसले गर्दा अबबन्ने अध्यक्षकै हाईट घट्छ जस्तो लाग्छ । 
अर्काे कुरा नगर तथा जिल्ला उद्योग वाणिज्य संघले महासंघको सदस्यता लिन आवश्यक पर्ने सदस्यहरूको संख्यामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई भिन्दाभिन्दै प्रावधान राख्नुपर्छ जस्तो लाग्छ । 
 
 
हामी स्वतः अध्यक्ष बन्ने विषयमा पूरा पक्षमा रहेका छौं 
दिल सुन्दर श्रेष्ठ
निवर्तमान अध्यक्ष
धुलिखेल उद्योग वाणिज्य संघ
हामी स्वतः अध्यक्ष बन्ने विषयमा पूरा पक्षमा रहेका छौं । हाम्रो उद्योग वाणिज्य संघले यस विषयमा पहिलेदेखि नै कुरा गरिरहेका हौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो दायित्व भुलिरहेको र आफ्नो जिम्मेवारीबाट पछि परिरहेको बेलामा यसलाई पारदर्शी, आफ्नो जिम्मेवारी प्रति जिम्मेृवार बनाउनको लागि अध्इक्ष् होईन वरिष्ठ उपाध्यक्ष बनाउनु पर्छ । अर्काे कुरा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सदस्यताको प्रावधान बढाईनुमा हामी थप छलफल गर्ननै बाँकी छ । यस विषयमा कस्तो धारणा व्यक्त गर्ने भन्ने विषयमा तर हामीले यस बाहेकका विधानमा उल्लेख भएका अधिकांश विषयलाई स्वीकार गरेका छौं ।
 
 
विधान पाएको छैन, विधान पाएपछि मात्रै कुरा गर्छु
कमल कुमार श्रेष्ठ
अध्यक्ष
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ
नेपाल उद्योग वाणिज्य महासंघले अहिलेसम्म हामीलाई प्रस्तावित विधानको कपि पठाएको छैन । हामीले पनि अर्कैको मुखबाट यस्तो व्यवस्था गरेको छ भनेर सुनेको हो । तर म आफूले पढेर अध्ययन नगरी यस विषयमा खासै बोल्नु आवश्यक होला भन्ने मलाई लागेन ।
 
 
स्वतः अध्यक्ष बन्ने कुरा हाम्रो लागि मान्य छैन
सुर कृष्ण बैद्य
अध्यक्ष
काभे्र उद्योग वाणिज्य संघ
नेपाल उद्योग वाणिज्य संघको नयाँ प्रस्तावित विधानको विषयमा हेर्नको लागि धेरैसँग माग गरेपछि बल्लबल्ल विधान हातलागेको छ । तर मैले यसका प्रावधानहरू पढिसकेको छैन । तर मैले थाहा पाएअनुसार यो वरिष्ठलाई अध्यक्ष बनाउने विषयमा कुरा चलिरहेको छ भन्ने चाहिँ मैले पहिले पनि सुनेको हो । तर यस्तो हो भने यो हाम्रो लागि मान्य छैन । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई सदस्यता दिन आवश्यक मापदण्डको प्रवधान थप गरिएको छ भन्ने मैले पनि सुनेको हो । यो कुरा पनि हामीलाई मान्य छैन । अरू कुरा यस्तै हो । 
 
 
जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिकार कटौती हुन भएन
राजन गौतम 
अध्यक्ष
चितवन उद्योग वाणिज्य संघ
विधान संशोधनको कुरा गर्दा हाम्रो पहिलो शर्त भनेको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिकार कटौती हुन भएन भन्ने हो । यो माग जायज हो । तर, अध्यक्षको कार्यकाल घटाउनुपर्छ । सदस्यता दिने विषयमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सदस्यताको प्रावधान अझै बढाउनु पर्छ भने प्रान्तीय कुराको गर्नुहुन्छ भने हामीलाई यस विषयमा केही चासो पनि छैन । कसले प्रान्तको कुरा ल्याएर यस्तो बकबास गर्न खोजेको हो थाहा पनि छैन । अपहले राज्य नै कति प्रन्तमा जाने भन्ने टुङ्गो नलागिसकेको बेलामा हामीले काही नभएको जात्रा हाँडीगाउँमा देखाएर हुँदैन।
 
हामी स्वतः अध्यक्ष बनाउने प्रस्तावमा छौं 
जगन्नाथ दाहाल 
प्रथम उपाध्यक्ष      
रामेछाप उद्योग वाणिज्य संघ
हामीले विधान अहिलेसम्म पनि विधान पाएका त छैनौं । यो तरिका त मलाई मन परेको कुरा हो । वरिष्ठ उपाध्यक्ष बनिसकेको मान्छे अध्यक्ष बन्ने व्यवस्थाले अध्यक्ष एकहिसावले अनुभवी र काममा दक्ष बन्न सक्छ । त्यसैले हामी यो प्रस्तावको पक्षमा छौं । तर यही पटक होईन कि अर्काे पटकदेखि यस्ताचे प्रावधान राख्ने हो भने कोही पनि सर्बसम्मत अध्यक्ष बन्न पाउँदैन । होईन भने अघिल्लो पटक पनि मनोनित भएको वरिष्ठ उपाध्यक्ष अहिले अध्यक्ष बन्दा अध्यक्ष बन्ने व्यत्तिः नै कमजोर बन्ने हो कि भन्ने चिन्ता लागिरहेको छ । 
 
 
स्वतः अध्यक्ष बनाउने व्यवस्था आवश्यक छ  
राजन श्रेष्ठ
अध्यक्ष
नुवाकोट उद्योग वाणिज्य संघ
यो प्रस्ताव नेपाल उद्योग वाणिज्य महासंघलाई जिम्मेवार बनाउने प्रस्ताव हो । मलाई त लाग्छ यो प्रस्ताव स्वीकार नगर्नेहरूले यस विषयमा राम्रोसँग बुझ्न नसकेर पनि यस प्रस्ताव स्वीकार नगरेको हुनसक्छन् । त्यसैले यस विषयमा सबैजनाले सकारात्मक जानकारी दिनु आवश्यक छ भन्ने मलाई लागिरहेको छ । 
 
 
हामी स्वतः अध्यक्ष बनाउने प्रस्तावको विपक्षमा छौं 
विष्णुप्रसाद थपलिया
वरिष्ठ उपाध्यक्ष
धादिङ उद्योग वाणिज्य संघ
हामी यस प्रस्तावको विपक्षमा रहेका छौं । यो कुनैपनि हालतमा स्वीकार गर्न सकिँदैन । यसले जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अधिकार कटौती गर्छ । अर्काे कुरा जिल्ला उद्योग वाणिज्य संघको सदस्यता थप्ने विषयमा पनि हाम्रो विरोध रहेको छ । हामी यी लगायतका केही बुँदामा विपक्षमा मतदान गर्नेछौं । 
 
 
पुरानै व्यवस्था ठीक छ, नयाँ चाहिँदैन
राजकुमार न्यौपाने
अध्यक्ष
मकवानपुर उद्योग वाणिज्य संघ
हामीलाई प्रस्तावित विधानको धेरै कुरामा असन्तुष्टि रहेको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने सवालमा हामी सहमत छैनौं । यसले नेतृत्वलाई विस्तारै गैर जिम्मेवार बनाउँदै लैजान्छ । त्यसैले पुरानै व्यवस्था ठीक छ । नयाँको आवश्यकता छैन । 
 
 
हामी पहिले पनि विरोधमा नै थियौ अहिले पनि त्यस्तै छौं 
कैसाङ नर्पु तामाङ
अध्यक्ष
रसुवा उद्योग वाणिज्य संघ
यस विषयमा हामी पहिलेदेखि नै सक्दो विरोध गर्दै आएका हौं । यो व्यवस्थाले जिल्ला उद्योग वाणिज्य संघलाई बायस गर्छ भनेर हामीले यस भन्दा पहिले पनि यसको विरोध गरेका हौं र अहिले पनि हामी यसको विरोधमा नै रहेका छौं । अब कुरा आयो जिल्ला उद्योग वाणिज्य संघको सदस्यताको सीमा । यसमा हामीले पनि पहिलेदेखि नै केही थप गर्नुपर्छ भनेको हो । तर यो एकै किसिमको भचएको छ । मैले त यसलाई क ख ग र घ गरी ४ वर्गमा विभाजन गरेर जानुपर्छ भन्ने प्रस्ताव गरेको छु । 
 
 
यही कार्यकालदेखि होईन कि अर्काे कार्यकालदेखि लागूहुनेगरी सुरू गरिनुपर्छ
रविन्द्र राज ताम्राकार 
वरिष्ठ उपाध्यक्ष
ललितपुर उद्योग वाणिज्य संघ
यो महासंघको प्रस्ताव पनि एक हिसावले त ठीकै हो । तर, यो यही कार्यकालदेखि होईन कि अर्काे कार्यकालदेखि लागूहुनेगरी सुरू गरिनुपर्छ । यही वर्षदेखि लागू गर्दा कुनैपनि व्यक्तिलाई लक्षित गरेर यस्तो गरिएको जस्तो हुन्छ । अहिलेको व्यवस्थाले धेरै खर्च भयो । संगठन नै गलत हुँदै गयो । त्यसैले यस्तो प्रस्ताव पनि स्वीकार्य छ । तर कुरा के छ भने विधानमा उल्लेख रहेको सदस्यता संख्या थप गरिएको विषयमा भने हाम्रो दुईमत रहको छ । सबैलाई मिल्नेगरी विधान संशोधन गर्नुप¥यो नि। काठमाडौंमा राखिएको मापदण्ड हुम्लामा लागूहुन्छ कि हुँदैन भनेर बुझ्नु पर्दैन ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ