arrow

बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
accident-final-1618290232.jpg

रामेछाप ।  खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

 शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । 

उनका अनुसार सो जिप  सडकबाट  करिब चार सय मिटर तल खसेको थियो । 
 
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडाँै जाँदै गरेको थियो । 

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ