arrow

सर्केर स्वकीय सचिवको गयो ज्यान, वडाध्यक्ष बेहोस

आज शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
laxuman-shrestha-death.jpg

रामेछाप। वनभोज खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव रहेका छन् । 

शनिबार रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रममा खाना खाने क्रममा सर्केर ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । 

सो घटनापछि वनभोजमै रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । 

उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । 

रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेको थिए । 

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । 

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको हो ।

नगरपालिकाले आज शोक बिदा दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ