arrow

महाँकाल मावीबाट एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
mahakal-see-2080.jpg

ललितपुर । ललितपुरको महाँकाल माध्यमिक विद्यालय गोटीखेलबाट एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरु सम्मानित भएका छन् । महाँकाल पूर्व विद्यार्थी संघले उनीहरुलाई बधाइ तथा सम्मान गरेको हो । 

आइतबार महाँकाल गाउँपालिका गोटीखेलमा भएको कार्यक्रममा ३४ जना विद्यार्थीहरुलाई बधाइ तथा सम्मान गरिएको थियो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेब फुयाँलको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व महाँकाल पूर्व विद्यार्थी संघका अध्यक्ष लक्षण घिमिरेले गरेका थिए । 

कार्यक्रममा पूर्व विद्यार्थी संघकी सदस्य सुमित्रा घिमिरेको तर्फबाट कलम र डायरी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थीसमेत रहेका ऋषिदेब फुयाँल, सूर्यप्रसाद घिमिरे, रामशरण शर्मा घिमिरे र सिताराम घिमिरेलगायतले मन्तव्य राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ