arrow

मोरङमा घट्यो एसईईका परीक्षार्थीको संख्या

logo
विवेक मिश्र, 
प्रकाशित २०८० चैत १४ बुधबार
exam-board2.jpg

मोरङ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा गरेको छ । बिहीबार बिहानदेखि शुरु हुने परीक्षा चैत २७ गतेसम्म संचालन हुनेछ ।

मोरङमा गत वर्ष भन्दा यस पटक परिक्षार्थीको संख्या घटेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमका अनुसार जिल्लाभर यस पटक १७ हजार ५४४ परीक्षार्थी संख्या रहेको बताए । 

गत वर्ष परिक्षार्थी संख्या १८ हजार ११२ रहेकोमा यस वर्ष ५६८ परीक्षार्थीको संख्या घटेको हो । प्रमुख गौतमका अनुसार जिल्लाभर ७० परीक्षा केन्द्र रहेका छन् जसमा साधारणतर्फ परीक्षार्थी १६ हजार ६८१ , प्राविधिकतर्फ ५९६ र ग्रेड वृद्धितर्फ २७६ जना रहेका छन् । 

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङकाअनुसार एसईई परीक्षामा सामुदायिक १७२ र संस्थागततर्फ २२२ गरी ३९४ विद्यालय सहभागी छन् । 

जसमा ८ हजार ८१८ छात्रा र ८ हजार ७२६ छात्र रहेका छन् । 

खुला विद्यालयतर्फ विराटनगर महानगरपालिकाको आदर्श माध्यमिक विद्यालय र सुन्दरहरैचा नगरपालिकाको सुकुना माध्यमिक विद्यालयबाट जम्मा ७६ विद्यार्थी परीक्षामा सहभागी हुने प्रमुख गौतमले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ