arrow

तत्कालीन मालपोत अधिकृतसहित दश जनाविरुद्ध मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
special-court.jpg

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित सोमबार आरोपपत्र दायर गरेको छ ।

आर्थिक वर्ष २०७१-७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेशन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकै रजिष्ट्रेशन नम्बर राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरुलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ