arrow

वीरगन्जका मेयर राजेशमानले नागरिकता दिलाएकी रुबिना कसकी छोरी ? फर्जी गरेको आरोपमा उजुरी 

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० पुष २५ बुधबार
rajeshman-singh-mayor-birju.jpg

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि झूठो विवरण पेश गरी अरुको छोरीलाई आफ्नो छोरी बनाई जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको भनी उजुरी परेको छ । मंगलबार बेलुकी उनी विरुद्ध उजुरी दर्ता भएको हो । 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहबुदिनले दिएको जाहेरी दर्खास्तमा राजेशमान सिंह र उनकी पत्नीको दाम्पत्य जीवनमा एक मात्र सन्तान अनिशमान सिंहको जन्म भएको र अरूको छोरीलाई आफ्नो छोरी बनाइ जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता र राहदानी दुवै दिलाएको भनी नागरिकता र राहदानी दुवै खारेज गरी राजेशमान सिंह र नक्कली छोरी भनिएकी रुबिना श्रेष्ठमाथि कारबाहीको माग गरिएको छ ।

१३२५ दर्ता नं रहेको उक्त जाहेरी दरखास्त बुझ्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निष्पक्ष अनुसन्धान गरेर दोषीमाथि कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेयर राजेशमान सिंहका एक पुराना साथीका अनुसार काठमाडौँको खिचापोखरीस्थित भरत होटल अगाडि कपडाको फेन्सी स्टोरमा काम गरिरहेकी एक ट्रक चालककी पत्नीसँग विवाहेतर सम्बन्धपछि श्रीमानले थाहा पाइ प्रहरी कार्यालयमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा राजेशमान कालीमाटी प्रहरी वृत्तमा एक रात हिरासतमा बस्नु परेको थियो । 

राजेशमानका निकटवर्तीहरुका अनुसार ती चालकले आफ्नी श्रीमती र सानी छोरी राजेशमानलाई जिम्मा लगाई हिँडेका थिए । राजेशमानले विवाहेतर सम्बन्धलाई लुकाउनु पनि पर्ने र आफ्नो घर पनि जोगाउनु पर्ने कारणले निकै संघर्ष गरेको देखिन्छ । 

जनता समाजवादी पार्टीका मेयर विजय सरावगी भएका बेला र जसपाकै मुख्यमन्त्री लालबाबु राउत भएका बेलामा २०७५ साल साउन १३ गते राजेशमानले आफू बाबु भएको हैसियतबाट तिनै चालककी श्रीमतीकी छोरी रुबिना श्रेष्ठको नागरिकता बनाएका थिए । 

नागरिकता बनाउने बेलामै तत्कालीन जनप्रतिनिधि र कर्मचारीहरुले आँखा चिम्लेको देखिन्छ । तराई मधेसका मुलका मान्छेले फर्जी नागरिकता बनाउँदै आएको भन्ने आरोप लाग्दै आएकामा पहुँच भएकाहरुबाटै फर्जी काममा जिल्ला प्रशासनले नै बेवास्ता गरेकोसमेत देखिन्छ । 

यतिसम्मकी नागरिकता बनाउँदा बाबुको नाम त उल्लेख छ तर आमाको नाम राखिएको छैन । राजेशमानकी श्रीमती अन्नपूर्णा मानन्धर हुन् । उनको नाम उल्लेख नहुनु र रुबिनाकी आफ्नै आमाकोसमेत नाम उल्लेख नहुनुले राजेशमानको किर्ते अझ बढी छर्लङ्ग हुन्छ ।

रुबिनाको नागरिकता प्रमाणपत्र नम्बर ३४–०१–७५–०४८४७ हो । उनको २०७५–०४–१३ मा प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले प्रमाणपत्र जारी गरेका थिए । 

तर २०७६–११–०८ मै प्रतिलिपि लिएको देखिन्छ । प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले प्रतिलिपि दिएका थिए । 

उनको पासपोर्टको नम्बर ११०३९६१७ हो । 

स्रोतका अनुसार रुबिनाकी आमा रीता भट्टराई हुन् । रीता सहयात्री बचत तथा ऋण सहकारी संस्थामा काम गर्थिन् । अहिले त्यो संस्थाको ५० प्रतिशत भन्दा बढी शेयर यिनको रहेको बुझिएको छ।

तिनै महिलाको दबाबमा राजेशमानले आफ्नै खर्चमा अष्ट्रेलिया अध्ययन गर्न पठाएका थिए । अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता निकालिदिएका राजेशमानले  जिल्ला प्रशासन कार्यालय पर्सा र वडा नं ३ बाट जम्मै कागजातहरु गायब बनाएकोसमेत पाइएको छ ।

यो नागरिकता प्रकरणमा मेयर सिंहले किर्ते गरेको प्रमाण हाम्राकुराले फेला पारेको छ । उनले नागरिकता र पासपोर्ट बाहेक कहीँ पनि बुझाउनु पर्ने सरकारी कागजातमा आफ्नी छोरी भनेर जिकिर गरेका छैनन् । 

निर्वाचन आयोगमासमेत मतदाता नामावलीमा रुबिनाको नाम आफ्नी छोरीको रुपमा उल्लेख भएको छैन । निर्वाचन आयोगमा बुझाएको स्वघोषणा विवरणमासमेत रुबिनाको नाम राजेशमानले उल्लेख नगरेको स्रोतले बताएको छ ।  

त्यसैगरी बैंकमा केवाईसी भर्दासमेत  राजेशमानले छोरीको नाम उल्लेख गरेका छैनन् । उनले केवल आफ्नी श्रीमती र एक छोराको नाममात्र उल्लेख गरेका छन् । 

यसको प्रमाण हाम्राकुरासँग सुरक्षित छ । 

 

 

 

 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ