arrow

‘प्रहरी कर्मचारी समायोजन समिति’ गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ ।  प्रहरी समायोजनका लागि गृह मन्त्रालयले प्रशासन महाशाखाका प्रमुखको नेतृत्वमा ‘प्रहरी कर्मचारी समायोजन समिति’ गठन गरेको छ । शुक्रबार साँझ संविधानको व्यवस्था बमोजिम प्रहरी कर्मचारीहरुको समायोजनका लागि सो समिति गठन गरेको हो । 

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयकै नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव, प्रहरी प्रधान कार्यालयका डिआइजी र मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहने गरी ५ सदस्यीय प्रहरी समायोजन समिति गठन गरेको हो । 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रहरी समायोजनका लागि निरन्तर काम गरिरहेको मन्त्रालयले समायोजन समिति गठन गरेको बताए । 

‘नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले निरन्तर रुपमा कार्य गरिरहेको छ,’ मन्त्रालयका प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत् भनेका छन्, ’समायोजन समितिले प्रहरी कर्मचारी समायोजन सम्बन्धी काम समेत थालिसकेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ