arrow

बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा सदस्य गौतम प्रथम

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
bal-krishna-sihwakoti-awarded.jpg

काठमाडौँ। बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौँ उपत्यका व्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरूलाई पुरस्कार प्रदान गरेको छ।

प्रतियोगितामा वेद विद्याश्रम माविका सदस्य गौतम प्रथम भएका छन्। यसै गरी सरस्वती माविकी अदिति तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियमशा कार्की तृतीय भएका छन्।

त्यसै गरी आर्याभा निरौला, महादेव पाण्डेय र दृष्टि सत्यालले सात्वना पुरस्कार प्राप्त गरेका छन्। प्रथम, द्वितीय र तृतीय हुनुलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरियो । सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरूलाई प्रमाणपत्रसहित एक हजार रुपैयाँ प्रदान गरियो।

वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाभित्रका ४४ जना विद्यार्थी सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ