arrow

प्ले स्टोरबाट १० एप्स हटाएपछि भारत सरकारले बोलायो गुगललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
google-logo-.jpg

नयाँदिल्ली । गुगलले केही भारतीय एप विकासकर्ताहरूविरुद्ध कडा कारबाही गर्दै तिनीहरुलाई एन्ड्रोइड प्ले स्टोरबाट हटाएपछि सरकारले गुगललाई बोलाएको छ । 

शुक्रबार गुगलले भारतका दश एपहरूले प्ले स्टोरको बिलिङ नीति पालना नगरेको भन्दै गुगल प्ले स्टोरबाट हटाएको बताएको थियो । अहिले भारत सरकारले पनि यस विषयमा हस्तक्षेप गरेको छ । यो समस्याको समाधान खोज्न सरकारले गुगललाई बैठकमा बोलाएको छ ।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भने कि सरकारले एप्स डिलिस्टिङको कडा विरोध गर्दछ र यो हुन नदिने छ। पीटीआईले आफ्नो रिपोर्टमा वैष्णवलाई उद्धृत गर्दै भनेको छ, ‘सरकारले प्ले स्टोरबाट गुगलले केही एपहरू हटाउने विषयमा कडा अडान लिएको छ। हामी एपहरूलाई डिलिस्टेड हुन दिने छैनौँ ।’

एक ब्लग पोस्ट जारी गरेपछि, गुगलले मार्च १ देखि प्ले स्टोरबाट १० भारतीय कम्पनीहरूको लोकप्रिय एपहरू हटाएको थियो । 

यी एपहरूमा विवाह एप्ससहित भारतका धेरै लोकप्रिय एपहरूको नाम समावेश छ। तर भारत सरकारको प्रतिक्रियापछि केही एपहरू प्ले स्टोरमा फेरि देखिन थालेका छन् । 

भारत सरकारले गुगलसँग आगामी सोमबार बैठक तय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ