arrow

फेसबुकमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
facebook-problem.jpg

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । रातिदेखि फेसबुकमा समस्या आएको हो । फेसबुकमा एक्कासी समस्या आएपछि नयाँ पासवर्ड हाल्न भनिरहेको छ । तर नयाँ पासवर्ड राख्न खोज्दासमेत समस्या आएको देखाइरहेको छ । 

नेपालमा मात्र नभइ अन्य देशमा पनि फेसबुकमा समस्या आएको बताइएको छ । भारतमा पनि यो समस्या देखिएको छ । राति ९ बजेपछि यो समस्या देखिएको हो । 

चलिरहेको खाता आफैँ लगआउट हुने र पासवर्ड बिर्सेको हो भनेर नयाँ पासवर्ड हाल्न लगाउने तर फेरि समस्या भएको भनेर देखाइरहेको छ । 

इन्स्टाग्राममा पनि समस्या आएको छ । 

लगइन गर्नका लाग रिकभरी कोड इमेलमा पठाएपछि राख्दासमेत समस्या देखाएको छ । 

डाउन डिटेक्टरले हजारौँले समस्या भएको रिपोर्ट गरेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ