arrow

सचिवालय बैठक अघि देउवा नेपाल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
sher-deuba-madhav-nepal.jpg

काठमाडौं । एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास पुगेका छन् । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित चार दलको गठबन्धनमा एकीकृत समाजवादी सहभागी हुने नहुने निर्णय गर्नु अघि देउवा नेपाल निवास कोटेश्वर पुगेका हुन् । उनको साथमा पत्नी आरजु राणा देउवा पनि रहेकी छन् । 

मंगलबार साँझ  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । सो बैठकमा नेपालले आफूलाई जानकारी नदिई गठबन्धन तोडेको भन्दै असन्तुष्टि जनाएका थिए ।  

यसैबीच बुधबार बिहान नेपाल निवास कोटेश्वरमा देउवा पुगेका हुन् । भेटमा देउवालाई नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । नेपालले देउवालाई सचिवालय बैठकमा सो कुरा राख्ने बताएका छन् । 

आजै समाजवादीको  सचिवालय बैठक बस्दै छ ।राजनीतिक समीकरण बदलिएको बेलामा देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ