arrow

‘उचित मूल्यमा सबैभन्दा राम्रो गुणस्तर सीजी ब्राण्डले मात्रै दिन सक्छ’ – मनमोहन झा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
manamohan-jha-cg-manager.jpg

मनमोहन झा सीजी इलेक्ट्रोनिक्सका सिनियर म्यानेजर हुन् । विगत १५ वर्षदेखि सीजीमा कार्यरत झाले हाल सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ब्राण्ड तथा ब्ल्याक एण्ड डेकर ब्राण्डको स्मार्ट डोमेस्टिक उपकरण (एसडीए) भर्टिकलको बिक्री प्रमुखको भूमिका निर्वाह गर्दै आएका छन् । यो भर्टिकल अन्तर्गत सीजी इलेक्ट्रोनिक्सका दुई तिहाई भन्दा बढी उत्पादन पर्छन् । अहिले जाडोको समय सकिएर गर्मी मौसम शुरु भएको छ । बजारमा गर्मी मौसमसँग सम्बन्धित होम एप्लाइन्सेसको माग बढ्न थालेको छ । यो अवस्थामा आगामी समर सिजनलाई केन्द्रित गरेर सीजीले धेरै भेराइटीका प्रोडक्टसहित आक्रामक बजारीकरण शुरु गरेको छ । यसै सन्दर्भमा सीजीका उत्पादन, त्यसको मूल्य एवं बजारीकरण र बिक्रीपछिको सेवासम्बन्धी विषयमा केन्द्रित रही झासँग हाम्राकुराले कुराकानी गरेको छ– 

सीजी इलेक्ट्रोनिक्स, सीजी ब्राण्ड र तपाईको भूमिकाबारे संक्षिप्तमा बताइदिनुहोस् न !
सीजी इलेक्ट्रोनिक्स चौधरी ग्रुप अन्तर्गतको इलेक्ट्रोनिक्स सामानहरूको उत्पादन, आयात र बिक्री वितरण गर्ने कम्पनी हो । यो कम्पनी अन्तर्गत अहिले १३ वटा ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स प्रोडक्टहरूको बिक्री हुँदै आएको छ । इलेक्ट्रोनिक्स प्रोडक्टहरूमध्ये सीजी आफैँमा एउटा नेपाली ब्राण्ड हो । यो ब्राण्ड अन्तर्गत अहिले ५१ भन्दा बढी प्रोडक्टहरू उपलब्ध छन् । यी प्रोडक्टहरूलाई हामीले होम एप्लाइन्सेस होम इन्टरटेनमेन्ट (एचएएचई), स्मार्ट डोमेस्टिक एप्लाइन्सेस (एसडीए) र इलेक्ट्रिक गरी तीन क्याटेगोरीमा वर्गीकरण गरेर बिक्री तथा बजारीकरणको काम गर्दै आएको छौँ । स्मार्ट डोमेस्टिक एप्लाइन्सेस (एसडीए) को प्रमुखको रूपमा मैले ३५ वटा भन्दा बढी वस्तुको लाइनअप हेर्दै आएको छु । यीमध्ये पनि कुनै विन्टर प्रोडक्ट, कुनै समर प्रोडक्ट र कुनै अलटाइम प्रोडक्टहरू छन् । जाडो याम सकिएकोले विन्टर प्रोडक्टको बिक्री लगभग बन्द भएको छ । त्यसैले हाम्रो फोकस अब समर प्रोडक्टमा छ । समर प्रोडक्ट अन्तर्गत एसी, कुलर, फ्यान, रेफ्रिजेरेटर र वाटर डिस्पेन्सर पर्छन् । मैले अहिले फ्यान र वाटर डिस्पेन्सरको सेल्स र मार्केटिङको काम हेर्दै आएको छु । 

गर्मी शुरु भएसँगै देशभर पंखाको बिक्री बढ्न थालेको छ । सीजी ब्राण्ड अन्तर्गत कस्ता पंखा बजारमा छन् ?
हामीले फ्यानमा कम्प्लिट रेञ्ज लिएर आएका छौँ । यस अन्तर्गत करिब ४६ वटा प्रोडक्ट लाइनअपहरू छन् । बजारमा जति पनि प्रकारका फ्यानहरू पाइन्छन् यसको कम्लिट सोलुसन सीजी ब्राण्डमा छ । यस अन्तर्गत सिलिङ फ्यान, वाल फ्यान, टेबल फ्यान र बक्स फ्यान सिलिङ फ्यानमा १६ वटा, पेडेस्टल (स्ट्यान्ड) फ्यानमा ९ वटा, वाल फ्यानमा ४ वटा तथा टेबल फ्यान, बक्स फ्यान लगायतका प्रोडक्ट लाइनअपहरू हामीसँग छ । धेरै गर्मीको लागि हामीसँग फ्राटा फ्यानका २ वटा मोडल छन् । सिलिङ फ्यानका सबै मोडेलमा कपर मोटर जोडिएको छ । कपर मोटरलाई धेरै टिकाउ मानिन्छ । सीजी ब्राण्ड अन्तर्गत पनि हामीसँग सीजी मेरिडिया सिरिज छ । यो सीजी ब्राण्डको प्रिमियम सिरिज हो । हुन त सीजी ब्राण्डको क्वालिटीमा पनि कुनै समस्या छैन । तर लुक्स र ग्राफिक्सका आधारमा यो ब्राण्ड प्रिमियम छ । यसअन्तर्गत पनि वाल फ्यान, पेडेस्टल फ्यान र नयाँ बीएलडीसी टेक्नोलोजीको फ्यान ल्याएका छौँ । बीएलडीसी टेक्नोलोजीले अरु फ्यानको भन्दा ४३ प्रतिशत विद्युत् बचत गर्छ । तराई क्षेत्रमा गर्मी समयमा लगातार फ्यान चलिरहने भएकोले यसमा विद्युत् खपतको विषय महत्वपूर्ण हुन्छ । त्यही कुरालाई विचार गरेर हामीले यो फ्यान ल्याएका हौं । यसले समग्रमा ग्राहकको विद्युत् बचत गरेर अरु फ्यानभन्दा लागत कम गराउँछ । अहिले सिलिङ फ्यानमा बीएलडीसी प्रविधि आएको छ । अरु फ्यानहरूमा अहिलेसम्म आएको छैन । निकट भविष्यमै सबै प्रकारका फ्यानमा त्यो आउँछ । यी सबै फ्यानहरूको कम्प्लिट लाइनअपको कारण जुनसुकै ग्राहकले आफ्नो रोजाइ र बजेट अनुसारको फ्यान किन्नसक्ने अवस्था हाम्रो ब्राण्डमा छ । 

तपाईको अनुभवमा नेपालको कुन क्षेत्रमा कस्ता फ्यानहरूको माग बढी हुन्छ ? 
नेपालको बजारमा मध्यम प्राइस रेञ्जका प्रोडक्टहरू नै बढी बिक्री हुने गरेको छ । तर नेपालमा सस्तोदेखि महँगोसम्म किन्न चाहने ग्राहकहरू छन् । क्याटेगोरी वाइज हेर्दा काठमाडौँ पोखरा लगायत पहाडी शहरहरूका स्ट्यान्ड फ्यान र टेबल फ्यान नै बढी बिक्री हुन्छ । तराईमा सिलिङ फ्यानको माग बढी हुन्छ । बढी गर्मी हुने समयमा सिलिङ फ्यानले मात्रै शितल नहुने भएकोले यसको सपोर्टको तराईमा स्ट्यान्ड फ्यान पनि राख्ने गरिन्छ । तर सामान्यतया चाहिँ यसको माग पहाडी क्षेत्रमा नै बढी हुन्छ । हामीले पेडेस्टल फ्यानमा पनि क्याटेगोरी, डिजाइन, क्यापासिटी लगायतका आधारमा थुप्रै रेञ्ज लिएर आएका छौँ । यसमा १२–१४ वटा मोडेल उपलब्ध छन् । 

अहिले सीजी ब्राण्डका पंखाको मूल्य औसत कतिसम्म छ ? 
हामीले प्रोडक्ट हेरेर प्राइस रेञ्ज तय गरेका छौँ । सिलिङ फ्यानको मूल्य २७–२८ सयदेखि १२–१३ हजारसम्म छ । स्ट्यान्ड फ्यानको ३५ सयदेखि ६ हजारसम्मको मूल्य रेञ्ज छ । वाल फ्यानको मूल्य पनि ३५ सयदेखि ५ हजारसम्मको छ । टेबुल फ्यानको मूल्य ३४ सय रूपैयाँ तोकिएको छ । बक्स फ्यानको मूल्य ३ हजार रूपैयाँ छ । यसमा फ्यान घुम्दैन तर फ्यानभन्दा बाहिरको जाली घुमेर सबैतिर हावा फाल्नसक्ने किसिमले बनाइएको हुन्छ । यो अघिल्लो वर्ष मात्रै आएको हो । यी सबै मोडेलका फ्याहरू हाइस्पीड खालका हुन्, हामीसँग ४०० आरपीएम भन्दा कम स्पीडका फ्यानहरू छैनन् । मैले भनेका यी सबै अधिकतम खुद्रा मूल्य (एमआरपी) हो । यसमा छुट दिएर हामीले बजार सञ्चालन मूल्य (एमओपी) तय गरेका हुन्छौँ । एमआरपीमा १२ देखि १५ प्रतिशत छुट दिएर यो मूल्य तय हुन्छ । हाम्रो ग्राहकले हाम्रो वेभसाइट www.cgdigital.com.np तथा www.cginspiringlife.com मा गएर प्रत्येक प्रोडक्टको मूल्य हेर्न सक्नुहुन्छ । यसले गर्दा मूल्यमा ठगिने सम्भावना हुँदैन । हाम्रो सबैजसो प्रोडक्टहरूमा २ वर्षको वारेन्टी छ । कुनै कुनै कम मूल्यका मोडेलहरूमा भने एक वर्षको वारेन्टी रहेको छ । सिलिङ फ्यानका सबै प्रोडक्टमा २ वर्षको वारेन्टी छ । हामी क्वालिटीमा कम्प्रोमाइज गर्दैनौं । हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ भनेकै क्वालिटी र सर्भिस हो । ग्राहकले खर्च गरेको पैसा खेर नजाओस् भन्नेमा हाम्रो सबैभन्दा ठूलो चासो हुन्छ । 

तपाईले वाटर डिस्पेन्सरकोसमेत बिक्री हेर्दै आउनुभएको छ । यो उत्पादनको बारेमा पनि बताइदिनुस् न !
डिस्पेन्सरमा चिसो पानीका लागि कम्प्रेसर कुलिङ, इलेक्ट्रिक कुलिङ र फ्यान कुलिङ गरी तीन प्रकारको डिस्पेन्सर उपलब्ध छ । कम्प्रेसर कुलिङमा पछाडिपट्टि रेफ्रिजेरेटरजस्तै कम्प्रेसर लगाएर पानीलाई चिसो बनाइन्छ । यसले आफ्नो क्षमता अनुसाको भाँडोमा भएको पानीलाई चिसो बनाइदिन्छ । फ्यान कुलिङमा फ्यानले नै भाँडोलाई चिसो बनाउने काम गर्छ । यसको पफर्मेन्स अलि कम हुन्छ । इलेक्ट्रिक कुलिङमा पनि कम्प्रेसर कुलिङ डिस्पेन्सरभन्दा अलिकति कम पफर्मेन्स हुन्छ । काठमाडौं, पोखरा लगायतका कम गर्मी हुने ठाउँहरूमा इलेक्ट्रिक र फ्यान कुलिङ डिस्पेन्सरले काम गर्छ । तराईमा भने कम्प्रेसर कुलिङ सहितको डिस्पेन्सर आवश्यक हुन्छ । यसमा पनि हामीले सीजी र सीजी मेरिडिया भनेर छुट्याएका छौँ । दुवै ब्राण्डमा जार खन्याउनेदेखि डिस्पेन्सरभित्रै जार राख्ने खालका मोडलहरू छन् । यी प्रोडक्टहरूको प्राइस रेञ्ज ३५–३६ सय रूपैयाँदेखि १९–२० हजार रूपैयाँसम्म छ । कम मूल्य भएका डिस्पेन्सरहरूमा कुलिङ फिचर छैन, यसमा नर्मल र हिटिङ मात्रै हुन्छ । मूल्य बढेसँगै यसको फिचर र क्षमतासमेत बढ्दै जान्छ । ग्राहकले इलेक्ट्रोनिक्स सामान किन्दा आफ्नो नजिकको बजारमा पाइन्छ कि पाइँदैन हेर्छ, त्यसको सर्भिस सेन्टर पनि छ कि छैन भनेर हेर्छ ।

सीजीका सर्भिस सेन्टर र सेल्स आउटलेट कति छन् ? 
हामीले सीजी डिजिटल नामका आफ्नै शोरुमबाट पनि प्रोडक्टहरू बिक्री गर्छौं । यस्तो शोरुमहरू देशका मुख्य मुख्य शहरहरूमा छन् । काठमाडौंका विभिन्न ठाउँदेखि नारायणगढ, इटहरी, विराटनगर, हेटौंडा र पोखरामा पनि यस्तो शोरुम अहिले छ । यसलाई हामी थप विस्तार गर्दैछौँ । बाँकी ठाउँमा हामी डिलर बेसिसमा गएका छौँ । अहिले देशभर सबै इलेक्ट्रोनिक पसलहरूमा सीजी ब्राण्डको सामान पाइने व्यवस्था गरेका छौँ । बिक्री केन्द्र मात्रै नभएर सर्भिस सेन्टर समेत हामीले सबै शहरमा व्यवस्था गरेका छौँ । त्यसैले ग्राहकले सजिलो ढंगबाट खरिद गर्न तथा बिक्रीपछिको सेवा प्राप्त गर्नसक्ने अवस्था हामीले बनाएका छौँ । 

बजारमा चिनियाँ सस्ता सामान पनि छन् । चुनौती पनि होला । प्रतिस्पर्धा कस्तो छ ? 
तपाईले भन्नुभएको जस्तो अवस्था पक्कै पनि छ । यसले हामीमाथि चुनौती पनि थपेको छ । तर हाम्रो वर्षौंदेखिको ब्राण्डले हामीलाई क्वालिटी प्रोडक्ट र सर्भिस दिने कम्पनीको रूपमा स्थापित गरेको छ । प्रतिस्पर्धाको नाममा हामीले त्यसमा कम्प्रोमाइज गर्न सक्दैनौं । त्यसैले हामीले ग्राहकहरूलाई हाम्रो प्रोडक्टको क्वालिटीको बारेमा कन्भिन्स गराउने गरेका छौँ । केही महँगो भए पनि धेरै समय टिक्ने र राम्रो पफर्मेन्स दिने भएकोले हाम्रो प्रोडक्टको ‘इकोनोमिक भ्यालु’ ती सस्ता प्रोडक्टको भन्दा बढी हुन्छ भनेर हामीले ग्राहकको विश्वास दिलाउने काम गर्छौं । म के भन्न चाहन्छु भने कुनै पनि इलेक्ट्रोनिक प्रोडक्ट जतिसुकै राम्रो भए पनि हाइ भोल्टेज, सर्ट सर्किट लगायत विभिन्न कारणले पनि कहिलेकाहीँ समस्या आउन सक्छ । त्यस्तो अवस्थामा मर्मत गर्ने वा पार्टस पाउनुपर्छ । कतिपय कम्पनीले २÷३ वर्षसम्म सर्भिस दिन्छु भन्ने तर त्यति समय कम्पनी नै नरहने अवस्था पनि हामीले देखेका छौँ । यो कुरालाई ग्राहकले विचार गर्नुपर्छ । हामी चालीसौँ वर्षदेखि निरन्तर छौँ । पानासोनिक रेडियोदेखि अहिलेको सीजी मेरिडियासम्म आउँदासम्म हामी निरन्तर छौँ । हाम्रो प्रोडक्टमा समस्या आयो भने कि त ग्राहकले रिप्लेसमेन्ट पाउनुहुन्छ, कि त सर्भिस पाउनुहुन्छ । यो विश्वास हाम्रा ग्राहकलाई छ, यही विश्वासका कारण यस्ता चुनौतीलाई हामीले सामना गर्न सकिरहेका छौँ । 
 

गत वर्षलाई तुलना गरेर यो वर्ष फ्यान र डिस्पेन्सरको बिक्री लक्ष्य कति छ ? 

पछिल्लो समय नेपालमा घरहरू बन्ने क्रम घटेकाले फ्यान र डिस्पेन्सर दुवैको माग घटेको छ । तीन वर्ष अघि हामीले ७५ हजार वटा फ्यान बेचेका थियौं । अघिल्लो वर्ष यस्तो बिक्री ४५ देखि ५० हजारसम्म मात्रै हुन सक्यो । डिस्पेन्सर चाहिँ गत वर्ष १० हजार वटा बिक्री गर्न सफल भयौं । यो वर्षका लागि हामीले ६५ देखि ७० हजारवटा फ्यान बिक्री गर्ने योजना बनाएका छौँ । यो वर्ष हामीले धेरै भेराइटीहरू लिएर आएका छौँ । त्यसैले पनि हामी अलिकति एग्रेसिभ नै छौँ । त्यस्तै डिस्पेन्सरमा यो वर्ष ११ हजार वटाको बिक्री लक्ष्य लिएका छौँ । यद्यपि पछिल्लो समय देखिएको आर्थिक मन्दीले केही प्रभाव पार्छ कि भन्ने आशंका पनि छ । अहिले समग्र बजार ३० प्रतिशत घटेको अवस्था छ । यो अवस्थाले .हाम्रो प्रोडक्टको बिक्रीमा पनि केही तलमाथि हुन सक्छ । लञ्च गरिएका नयाँ भेराइटीका प्रोडक्टलाई बजारले कति सपोर्ट गर्छ र समर सिजन कस्तो चल्छ भन्ने आधारमा पनि यी प्रोडक्टहरूको डिमाण्ड निर्भर हुन्छ । 

अन्त्यमा, ग्राहकलाई के सन्देश दिनुहुन्छ ? 
सीजी एउटा नेपाली ब्राण्ड हो । यो ब्राण्डको सम्बन्ध नेपाली माटोसँग जोडिएको मात्रै छैन हामी कुनै पनि रूपमा जुनसुकै विदेशी ब्राण्डसँँग नेक टु नेक प्रतिस्पर्धामा छौँ । त्यसैले हामीसँग इन्स्पायरिङ लाइफ अर्थात् जीवनलाई नै इन्स्पायर गर्ने प्रोडक्टहरू छन् । हामी जुनसुकै रूपले कम्लिट छौँ । त्यसैले हामीले ‘सीजीमा छ सबै’ भन्ने नारासमेत तय गरेका छौँ । त्यसैले म के भन्न चाहन्छु भने सीजी ब्राण्डलाई सपोर्ट गर्नुस् । हामी क्वालिटी र सर्भिसको ग्यारेन्टी गर्छौं । उचित मूल्यमा राम्रो गुणस्तर प्रदान गरेर तपाईको पैसाको मूल्यलाई सदुपयोग गर्नु हाम्रो लक्ष्य हो र त्यसका लागि हामी प्रतिबद्धसमेत छौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ