arrow

शैतान बन्यो सय करोड क्लबमा पुग्ने पहिलो बलिउडको हरर फिल्म 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
shaitan-ajay-devgan.jpg

मुम्बई । अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । अजय आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन् र धेरै ब्लकबस्टर फिल्म दिएका छन्।

जसका कारण पनि उनका फ्यानहरू अजयको अभिनयका लागि पागल छन् र उनको हरेक फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। हाल अजयले आफ्नो रिलिज भएको फिल्म ‘शैतान’ बाट बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अलौकिक फिल्मले तुफान गतिमा कलेक्सन गरेको छ र योसँगै अजयको नाममा दुई रेकर्ड पनि कायम भएको छ ।

 अजय देवगनको फिल्म ‘शैतान’ मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षामा थिए । जब यो हरर थ्रिलर थिएटरमा पुग्यो, दर्शकको भीड यसलाई हेर्न जम्मा भयो।  ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

 गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथाले दर्शकलाई रुचाएको छ । योसँगै यो फिल्मले १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको छ ।

सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मबाट ‘शैतान’ले बक्स अफिसमा प्रतिस्पर्धा पनि गरिरहेको छ तर पनि यसले अन्धाधुन्ध पैसा छापिरहेको छ । 

सैकनिल्कको रिपोर्ट अनुसार, ‘शैतान’ ले रिलिजको ११ औँ दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ । 

 वास्तवमा सन् २०१० यता बनेका सबै हरर विधाका फिल्म मध्ये  ‘शैतान’ सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मसमेत बनेको छ । यो सूचीमा  ‘राज ३’ दोस्रो स्थानमा छ । यसले ७० करोड रुपैयाँ कमाएको थियो । जहाँ ‘रागिनी एमएमएस’ यो सूचीमा तेस्रो नम्बरमा छ । यो फिल्मले ४६.७८ करोडको व्यापार गरेको छ ।

‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ। ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्ममा फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ