arrow

बीपीको जेल डायरीमाथि विमर्श

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
shankar-tiwari-jail-journal.jpg

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले लेखेको  ‘जेल डायरी’ माथि विमर्श गरिएको छ। प्रेस युनियन सुर्खेत र जय नेपाल फाउण्डेशन सुर्खेतको संयुक्त आयोजनामा बुधबार वीरेन्द्रनगरमा विमर्श कार्यक्रम आयोजना गरिएको हो ।

कांग्रेस नेता शंकर तिवारीले सम्पादन गरेको पुस्तक कोइरालाले २०१७ सालदेखि २०२५ सालसम्म जेलमा बिताएको जीवनका बारेमा लेखिएको हो । उक्त पुस्तक भदौमा सार्वजनिक भएको थियो । 

विमर्श कार्यक्रममा सहजकर्ता एवम् मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. अर्जुनबहादुर ऐडीले पुस्तकका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै तिवारीले यो जेल डायरी अन्य डायरी भन्दा फरक रहेको बताए ।

 ‘यसमा समाजवादको व्याख्या निकै सुक्ष्म ढंगले गरिएको छ’, उनले भने, ‘यो डायरी अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो, कोइरालाले यो पुस्तकमा आफूमा उत्पन्न भएको रीस, आवेग, आक्रोश, खुशी र हरेक भावनालाई निर्धक्कका साथ व्यक्त गर्नुभएको छ ।’

तिवारीले अगाडि भने, ‘जेल जीवनलाई उहाँले पीडाका रुपमा भन्दा पनि सयौँ पुस्तक अध्ययन गरी भावी समाज निर्माणको चित्र यो डायरीमार्फत कोरिएको छ,’ 

डायरीमा राजनीतिक मूल्य, मान्यता र आदर्श कस्तो हुनुपर्छ भन्ने कुरा उल्लेख गरिएको बताए । 

कार्यक्रममा जय नेपाल फाउन्डेशन कर्णालीका संयोजक देवकुमार सुवेदीले कांग्रेसको नेतृत्वमा सरकार बने पनि बीपीको सिद्धान्तसँग तालमेल हुन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ