arrow

ओली पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
kp-oli-11-10.jpg
तस्बिर-फाइल

पोखरा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वपप्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । एमाले कास्कीको ११औं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली शनिबार पोखरा आउन लागेका हुन् ।

जिल्ला अधिवेशन चैत १० र ११ मा पोखरामा हुँदैछ । अधिवेशनको सबै तयारी पूरा भएको बताइन्छ । अधिवेशनमा कास्कीभरका १० हजार बढी नेता कार्यकर्ताको सहभागिता रहने एमालेले दावी गरेको छ ।

अधिवेशनलाई एकताको अधिवेशन तथा आगामी २०८४ सालको निर्वाचनलक्षित शक्ति प्रदर्शनका रुपमा लिइएको जनपरिचालन उपसमिति संयोजक नवराज ओझाले जानकारी दिए ।

अधिवेशन संघारमा कास्कीका एमालेको चुनावी रन्को सुरु भएको छ । नेताहरुले नेतृत्वसँगै विभिन्न पदमा जानका लागि छलफल र भेटघाटलाई तीब्र बनाएका छन् ।

अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी नाै सय ३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मूल समारोह संयोजक मनबहादुर गुरुङले जानकारी दिए ।

अधिवेशनले  कुल एक सय ४४ सदस्य रहने जिल्ला कमिटीका इक सय २० जनाकाे चयन गर्नेछ । बाँकी १० प्रतिशत मनोनित र १० प्रतिशत अन्य पार्टीबाट आउनसक्नेको लागि छुट्याइएको अध्यक्ष गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ