arrow

छ सय बढीलाई निःशुल्क उपचार गरी दृष्टि आँखा केन्द्रले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
dristi-eye-80-12-10.JPG

काठमाडौँ । दृष्टि आँखा केन्द्र, कलंकी र का. म. न. पा - १५ ले विश्व दृष्टि विशेषज्ञ दिवस मनाएको छ । सो क्रममा केन्द्रले हारती शिक्षा मन्दिरको परिसर, स्वयम्भूमा बृहत् आँखा शिविर गरी ६०० भन्दा बढीलाई नि:शुल्क आँखा जाँच, रेटिना स्क्रीनिंग, नि:शुल्क औषधि तथा नि:शुल्क चस्मा वितरण गरी मनाएको हो ।

कार्यक्रमको शुरुआत विशिष्ठ अतिथिका रुपमा कामनपा - १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, सेवा फाउण्डेशनका क्षेत्रीय प्रबन्धक रविन्द्र शाक्य, दृष्टि आँखा केन्द्र कलंकीका कार्यकारी निर्देशक वरिष्ठ डा. भाइराजा श्रेष्ठ, वरिष्ठ दृष्टि विशेषज्ञ तथा आउटरिच प्रबन्धक सत्येन्द्र सिंह र हारती शिक्षा मन्दिरका संचालक कमल अग्रवालको उपस्थितिमा दीप प्रज्ज्वलन गरी उदघाटन गरिएको थियो।

दृष्टि आइ केयर सिस्टम २०७० साल असोज २८ गते देखि झापा जिल्लाको विर्तामोडबाट शुरु भएको हो। आफ्नो स्थापना कालदेखि नै सबैका लागि दृष्टि, सधैका लागि दृष्टि भन्ने मूल नाराका साथ एक अन्तर्राष्ट्रिय स्तर तथा सुलभ दरमा आँखाको सम्पूर्ण सेवा प्रदान गर्ने उदेश्यले यस संस्थाको शुरुआत भएको हो । 

स्थापना कालदेखिनै नेपालमै पहिलो पल्ट ५ वर्ष मुनिका बालबालिकाहरुको नि:शुल्क आँखा परीक्षण गर्दै आएको छ। 

नेपालमा मात्र भारत, भुटान, बंगलादेश र अन्य विदेशी मुलुकका बिरामीलाई पनि सेवा प्रदान गरिरहेको अस्पतालले १० वर्षको अन्तरालमा देशका ३ प्रदेश मा १४ ओटा शाखा विस्तार गर्न सफल भएको पनि जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ