arrow

रङ्गको पर्व 

होलीले तरंगित पहाड [फोटोफिचर]

देशैभर होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना, तीस हजार प्रहरी परिचालन, उपत्यकाको निगरानी ड्रोनबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ११ आइतबार
holi-fagu-2080-pahad-(23).jpg

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्वले पहाड आइतबार तरंगित भएको छ । बालबालिकादेखि युवाले निकै नै माहोल तताएको छ । यद्यपि मौसमले खासै साथ नदिएको भए पनि पानी र अबिरले माहोल तताएको छ । त्यसमाथि विदेशी पर्यटकहरुसमेत झुमेर खुशीयाली मनाएसँगै थप रौनक बढेको छ ।

तराईमा भने पूर्णिमाको अर्को दिन होली मनाउने चलन छ । तसर्थ सोमबार तराई तरंगित हुनेछ । सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । देशैभर होलीलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरिउको छ । 

यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आइतबारदेखि तीन दिनका देशभर २९ हजार सात सय ३३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । 

उनले भने, “सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर सो सङ्ख्यामा प्रहरी परिचालन भएका छन्, विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ ।” होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । 

यसैगरी प्रहरीले ट्रेकिङ, मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरेको जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । 

होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताए । उनले भने, “काठमाडौँ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ–ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ, उच्छृङ्खल गतिविधि गर्नेलाई कारवाही हुन्छ ।” 

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाका र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखिनै जाँचको व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् भने ३० वटा मोबाइल भ्यान परिचालन भएका छन् । 

holi-fagu-2080-pahad (1).JPG
holi-fagu-2080-pahad (2).JPG
holi-fagu-2080-pahad (3).jpg
holi-fagu-2080-pahad (4).jpg
holi-fagu-2080-pahad (5).jpg
holi-fagu-2080-pahad (6).jpg
holi-fagu-2080-pahad (7).JPG
holi-fagu-2080-pahad (8).JPG
holi-fagu-2080-pahad (9).jpg
holi-fagu-2080-pahad (10).jpg
holi-fagu-2080-pahad (11).jpg
holi-fagu-2080-pahad (12).jpg
holi-fagu-2080-pahad (13).jpg
holi-fagu-2080-pahad (14).jpg
holi-fagu-2080-pahad (15).jpg
holi-fagu-2080-pahad (16).jpg
holi-fagu-2080-pahad (17).jpg
holi-fagu-2080-pahad (18).jpg
holi-fagu-2080-pahad (19).JPG
holi-fagu-2080-pahad (20).jpg
holi-fagu-2080-pahad (21).jpg
holi-fagu-2080-pahad (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ