arrow

केएमसीको टोलीबाट काभ्रेको धुलिखेलमा सात सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
kmc-checkuo-pressure.jpg

काभ्रे । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बासबारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

हिमालयन इन्टरनेशनल एकेडेमी धुलिखेलको आयोजनामा स्कुलको प्राङ्गणमा सारथी फाउन्डेशनको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा ७२२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८७ जनाको ईसीजी, ११३ जनाको ल्याब परीक्षण र ९६ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै २१ जनाको दाँत खोलिएको थियो भने ४२ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ