arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८० चैत १४ गते बुधबार, इस्वीसंवत मार्च २७ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको द्धित्तीया तिथि दिनमा ३ः३७ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा चित्रा दिनमा ३ः०५ मिनेटसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा व्यातिपात ३९ घटि ३३ पलासम्म त्यसपछि हर्षण योग लाग्नेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३० घटि ४१ पला अर्थात १२ घण्टा १८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः०२ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः१८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ८ः११ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः५५ बजे रहेको छ । आज विश्व रंगमञ्च दिवस रहेको छ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ रहनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू समेत खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । माया प्रेममा सामान्य खटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने देखिन्छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिए पनि उपलब्धी न्यून हुनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने सवारी साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछैन । पढाई लेखाइमा भने समय दिन सके सफलता हात लाग्नेछ ।

कर्कट : कर्कट राशिका लागि आज स्वास्थ्य भरपर्दो रहनेछैन । अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्ताबाट मनग्य लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ । पश्चिम दिशाको यात्रामा पनि सावधान हुनुहोला ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजबुत हुनेछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय खराब छ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । साँझपख भने धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानी सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैक सँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराब छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । अध्ययनमा सामान्य उपलब्धि हुनेछ । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । चिताएको काम पूर्ण नभए पनि फाइदाको स्रोत पहिल्याउन केही समय लाग्ने देखिन्छ ।

धनु : धनु राशिका लागि आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर : आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुशी रहनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यावसायमा थप लगानी गर्ने वाताबरण बन्नेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ । आफन्त तथा आत्मीय मित्रका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ तर स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कुम्भ : कुम्भ राशिका लागि आज समय खराब छ, स्वास्थ्यमा समस्या आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । साँझपख आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने कारोबार नगर्नुहोला । केही खर्च लागे पनि यात्रा भने पलदायी हुने देखिन्छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेको छ भने व्यापारको सिलसिलामा गरिने यात्रा निरर्थक हुनेछ । सवारी साधन तथा विलासी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । आत्मबल तथा सम्भाव्यता गुमाउँदा आफैलाई घाटा लाग्न सक्छ ।

साइतः सूर्य मीन राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः०६ बजेदेखि     ७ः३७ बजेसम्म   लाभ बेला
बिहान ७ः३७ बजेदेखि    ९ः०८ बजेसम्म    अमृत बेला
बिहान ९ः०८ बजेदेखि    १०ः३९ बजेसम्म   काल बेला
बिहान १०ः३९ बजेदेखि    १२ः१० बजेसम्म  शुभ बेला
मध्यान्ह १२ः१० बजेदेखि    १ः४२ बजेसम्म   रोग बेला
दिनमा १ः४२ बजेदेखि    ३ः१३ बजेसम्म     उद्धेग बेला
दिनमा ३ः१३ बजेदेखि    ४ः४४ बजेसम्म     चर बेला
दिनमा ४ः४४ बजेदेखि    ६ः१५ बजेसम्म     लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः१५ बजेदेखि    ७ः४४ बजेसम्म   अमृत बेला
साँझ ७ः४४ बजेदेखि    ९ः१२ बजेसम्म    काल बेला
राति ९ः१२ बजेदेखि    १०ः४१ बजेसम्म    शुभ बेला
राति १०ः४१ बजेदेखि    १२ः१० बजेसम्म   रोग बेला
राति १२ः१० बजेदेखि    १ः३९ बजेसम्म    उद्धेग बेला
राति १ः३९ बजेदेखि     ३ः०७ बजेसम्म    चर बेला
रातिमा ३ः०७ बजेदेखि   ४ः३६ बजेसम्म   लाभ बेला
बिहानमा ४ः३६ बजेदेखि   ६ः०५ बजेसम्म  अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ