arrow

मस्को आक्रमणमा युक्रेनको संलग्नता पुष्टि गर्ने प्रमाण भेटिएन- अमेरिका 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
antony-blinken-usa.jpg

काठमाडौँ । मस्कोको कन्सर्ट हलमा भएको आतङ्कवादी हमला क्रोकसस्थित आइएसआइएसले गरेको पुष्टि गर्दै संयुक्त राज्य अमेरिकाले यस आक्रमणसँग युक्रेन र युक्रेनी सरकारको सम्बन्ध रहेको कुनै प्रमाण नभेटिएको बताएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यो आतङ्कवादी हमला आईएसआईएसले गरेको र रूसी राष्ट्रपति पुटिनले यो कुरा बुझेको बताएका छन् ।

“यो आईएसआईएसले गरेको आतङ्कवादी हमला थियोे । पुटिनले यो कुरा बुझ्नुभएको छ । उनलाई आक्रमणबारे राम्ररी थाह छ र युक्रेन सरकारको यस आक्रमणमा सम्बन्ध छ भन्ने कुनै स्पष्ट प्रमाण छैन,” उनले भने ।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन पियरेले एक विज्ञप्ति जारी गर्दै आइएसआइएसलाई ‘साझा आतङ्कवादी शत्रु’ को संज्ञा दिँदै यसलाई विश्वभरबाट परास्त गर्नुपर्ने बताएका छन् । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसको मस्कोमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाले रूसी जनताप्रति समवेदना प्रकट गरेको बताए । 

ब्लिन्केनले भने, “संयुक्त राज्य अमेरिका मार्च २२ मा मस्कोमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ । यस भयानक घटनापछि भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्न हामी रूसका जनताप्रति ऐक्यवद्धताका साथ उभिएका छौं।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ