arrow

सांसद बडूको प्रश्न : सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो। त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
parliament-rajaya-samiti-home-minister-rabi-lamichhane.jpg

काठमाडौँ। नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन्। बुधवार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन्।

उनले भने- ‘पोखरा-बुटवल लगायतका केही सहकारीको पैसामा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा १० करोड रुपैयाँ आएको भन्ने सुनिएको छ। त्यो पैसा त्यहाँ आउनु हुन्थ्यो कि हुँदैन थियो ? छानबिनको कुरा होला ? त्यसमा १ करोड रुपैयाँ को व्यक्ति हो थाहा छैन। रवि लामिछाने नामले पनि जम्मा भएको भन्ने खबर आयो। त्यो मान्छे को हो ? नाम मात्रै संयोगले मिलेको हो कि ? हाम्रो त अहिलेको वर्तमान गृहमन्त्रीको नाम पनि रवि लामिछाने हो। त्यसरी चिन्छौँ।'

त्यो नाम गृहमन्त्री नै भएको भए यसको छानबिन निष्पक्ष गर्नका लागि जिम्मेवारीबाट बाहिर बस्न उनले आग्रह गरे। उनले भने- यदि गृहमन्त्री रवि लामिछाने नै भएको भए छानबिन सुरु गरिहाल्न र छानबिन भइन्जेल जिम्मेवारीबाट बाहिर बस्न मिल्छ कि मिल्दैन ?

सांसद बडूले छानबिन हुन्जेल छानबिनलाई विश्वसनीय बनाउन गृहमन्त्री बाहिर बसेर सहयोग गरेर कानुनभन्दा ठुलो कोही हुँदैन भन्ने देखाउन आग्रह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ