arrow

जर्मनीमा बाल गरिबीको दर उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
german-ecomomic.jpg

काठमाडौँ । जर्मनीमा बाल गरिबीको दर उच्च देखिएको छ । सन् २०२२ मा पाँचमध्ये एक बालबालिका गरिबीबाट प्रभावित भएको जर्मनीको कल्याणकारी सङ्घले उल्लेख गरेको छ ।
 
जर्मनीका छ वटा केन्द्रीय स्वैच्छिक कल्याणकारी सङ्घहरूमध्ये एक ‘परितातिशे जेसमट्वरब्यान्ड’ को प्रतिवेदनका अनुसार युरोपमा करिब एक करोड ४२ लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यसको प्रत्यक्ष असर एकल अभिभावक, ठूलो परिवार र थोरै शैक्षिक योग्यता भएका वा जर्मन नागरिकता नभएका मानिसहरूमा परिरहेको छ । 

सन् २०२२ मा जर्मनीमा गरिबी धेरै उच्च स्तरमा रहेकोे र अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या केही कम भए पनि २०१९ को कोभिड–१९ महामारी र ऊर्जा सङ्कट अघिको तुलनामा अझै १० लाख बढी रहेको संस्थाको प्रबन्ध निर्देशक उलरिच स्नाइडरले बताए । 

सरकारले विगत दुई वर्षमा कर कटौती र ऊर्जा मूल्य राहत उपायहरूका तीव्र रूपमा बढ्दो मूल्यहरूको प्रतिरोध गरेको छ । न्यूनतम पारिश्रमिक पनि दुई चरणमा गरी १०.४५ युरो बढाइएको थियो । यद्यपि जेसमट्वर ब्यान्डले यस पारिश्रमिक मूल्यलाई अपर्याप्त मानेको छ र न्यूनतम पारिश्रमिकलाई युरोमा बढाउन आह्वान गरिरहेको छ । संस्थाले बालबालिकालाई गरिबीबाट जोगाउन बाल बीमाको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

सन् २०२५ सम्ममा बाल संरक्षण लागू गर्न जर्मन सरकार प्रतिवद्ध छ । जलवायु संरक्षणका लागि कोभिड–१९ राहत कोष असफल भएपछि र बजेटको अवरोधका कारण यस विषयमा वार्ता हालसम्म रोकिएको छ । 

हालका योजनाले बाल बीमा योजनाभन्दा प्रशासनिक सुधारका लागि बढी जोड दिइरहेको आर्थिक तथा सामाजिक अनुसन्धान संस्थानका वैज्ञानिक निर्देशक बेटिना कोहलरौसले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ