arrow

भागबण्डाको मारमा राष्ट्रिय सभा उपाध्यक्ष अर्याल, दिइन् राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
urmila-aryal-rastriyasabha-vp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । अर्यालले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष मावोवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृसमेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यसअघि एमालेको दाबी रहे पनि एकीकृत समाजवादीले दाबी गरेपछि एमालेले छोडेको थियो । अर्यालले अध्यक्ष हुने चाहना राखेको भए पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाइ नारायणलाई अध्यक्ष बनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ