arrow

यस्तो छ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिम, शनिबारदेखि भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
nepal-t20-wi-tu.jpg

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टी–२० क्रिकेट टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।

यसअघि वेस्ट इन्डिज ए टिम बुधबार नै काठमाडौँ आइसकेको छ ।  

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम– रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक फ्लोयड रेफर, सहायक प्रशिक्षक रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन प्रशिक्षक शेन कूपर, प्रबन्धक र विश्लेषक– अवनेश सीताराम रहेका छन् ।

दुवैबीच पाँच ओटा टी–२० खेलको श्रृंखला हुनेछ । सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल शनिबार हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । 

कीर्तिपुर मैदानमा हुने यो श्रृंखलाका सबै खेल दिउँसो १ बजेदेखि शुरु हुने छन् । जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकाको आयोजनामा हुने विश्वकप टी–२० क्रिकेटका लागि यो श्रृंखला निकै नै फलदायी हुने विश्वास गरिएको छ । 

दुई पटकको एक दिवसीय र एक पटकको टी–२० विजेता वेष्ट इन्डिज पहिलो पटक नेपाल आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ