arrow

फुपूको छोरीको हत्या गरी फरार समर नौ वर्षपछि पक्राउ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
crime-police-01-16.jpg

काठमाडौँ ।  फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्त समरबहादुर सार्कीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हो । 

अभियुक्तलाई काठमाडौँस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त सार्कीले मिति २०७१ साल असोज ३१ गते फुपूको छोरीको हत्या गरी फरार भएका थिए । फुपूको छोरी २३ वर्षीया सुनमाया किसान(सार्की)को हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो । 

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालीन कुहु गा.वि.स. वडा नं. ५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौं जिल्ला तत्कालिन सेतीदेवी गा.वि.स. वडा नं. तौथलीमा आफ्नो मामा गङ्गाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् । कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रूपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठुलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिए ।
 
अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ