arrow

गरिबी हटाउन जोड दिनुपर्छ : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
kp-sharma-oli-80-01-08.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड  दिनुपर्ने बताएका छन् । 

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उदटन गर्दै उनले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताए । 

उनले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्नेमा बताए । 

अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्बसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरि आम्दानीवृद्धि हुनुपर्ने उनको भनाइ थियो ।

“म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरूगरेको थिए । मलाई हटाइएपछि त्यो अभियान रोकियो । अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाए”, उनले भने, “त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताए । 

उनले भने,“सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ । तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने  अधिकारप्रति उत्तरदायी हुनुपर्दछ ।”

उनले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताए । सङ्गठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ