arrow

कन्दङ्गवा बने एस चितवनको अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
NCP-united-socialist-madhav-nepal.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित भएका छन्। 

अधिवेशनको बुधबार पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ