arrow

ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
global-ime-bank-81-01-21.jpg

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ । 

शुक्रबार आयोजित उक्त कार्यक्रममा ३०० जनाभन्दा बढी ग्राहकहरुको उपस्थितिथि रहेको थियो। कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए । 

उक्त शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उदेश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता गराउनु रहेको छ । 

ग्लोबल आईएमई बैंक लिमिटेड देशको एक अग्रणी बैंकको रुपमा स्थापित बैंक हो  । यस बैंकमा ४६ लाखभन्दा बढी  निक्षेपकर्ताहरु एवं ६० हजार भन्दा बढी ऋणीहरु रहेको बैंकले जनाएको छ । 

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा सर्वसुलभ तरिकाले पुर्याउने हेतुले बैंकले विभिन्न किसिमका डिजिटल प्रोडक्टहरु ग्राहकहरुबीच पस्किँदै आइरहेको जनाउँदै बैंकले यो कार्यक्रम विगत केही वर्षदेखि यस बैंकका सबैजसो शाखाहरु मार्फत हरेक वर्ष अभियानकै रुपमा संचालन हुँदै आएको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बैंकले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी कुनै पनि डिजिटल बैंकिङ सुविधाहरु नलिएका, सुविधा लिएर पनि उक्त सुविधाको भरपुर उपभोग नगरेका तथा नियमित रुपमा उक्त सुविधाहरु प्रयोग गरेका ग्राहकलाई आमन्त्रण गरेको कुरा जानकारी गराइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ