arrow

‘सरु संगीत राष्ट्रिय पुरस्कार’ को स्थापना [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
kunti-shila-moktan.jpg

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा रहेको सरु संगीत घरले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा ‘सरु संगीत राष्ट्रिय पुरस्कार’को स्थापना गरेको छ। एक विशेष समारोहको आयोजना गर्दै सरु संगीत घरले उक्त पुरस्कारको घोषणा गरेको हो।

सरु संगीत घर संस्थापक एवम् प्रबन्ध निर्देशक डेनी निरौलाका अनुसार पुरस्कार गीत संगीत तथा नृत्यका क्षेत्रमा योगदान पुर्याउने एकजना विशिष्ट साधकलाई आगामी २०८२ देखि हरेक वर्ष प्रदान गरिनेछ।

सरस्वती निरौलाको स्मृतिमा उनका श्रीमान् संगीतकार कोमल निरौला, इन्दिरा निरौला, संगीतकार डेनी निरौला, सबिता निरौला, संगीतकार भिषण निरौला तथा सविता अधिकारी, गायिका झुमा निरौला तथा सविन भट्टराईको संयुक्त प्रयासमा पुरस्कार स्थापना गरिएको संगीत घरले जनाएको छ।

पुरस्कारको राशी २५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने पुरस्कारका लागि तीन लाख रुपैँयाँको अक्षयकोष स्थापना गरिएको प्रबन्ध निर्देशक निरौलाको भनाइ छ । 

पुरस्कृत व्यक्तित्व छनोटका लागि एक स्वतन्त्र व्यक्तिहरुको समिति गठन गरिने र उक्त संगीत घरको वार्षिकोत्सवका अवसरमा साउन महिनामा वितरण गरिने पनि निरौलाले बताए । 

पुरस्कारका लागि ४० वर्ष उमेर पुगेको र देश विदेशमा बसेर संगीत र नृत्यका क्षेत्रमा योगदान पुर्याएको प्रतिभा हुनुपर्नेछ।

२०७७ सालमा स्थापना भएको संगीत घरको गत शनिबार आयोजित समारोहमा गायक शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, पूर्वन्यायाधीश जीवनहरी अधिकारी, साहित्यकार रत्नमणि नेपाल, गीतकार राम भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए । 

saru-sangeet-2081 (1).jpg
saru-sangeet-2081 (2).jpg
saru-sangeet-2081 (3).jpg
saru-sangeet-2081 (4).jpg
saru-sangeet-2081 (5).jpg
saru-sangeet-2081 (6).jpg
saru-sangeet-2081 (7).jpg
saru-sangeet-2081 (8).jpg
saru-sangeet-2081 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ