arrow

प्रदेश सभा सदस्यमा विजयी दमनले खाए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
daman-bhandari-fw-uml-mp.jpg

धनगढी । उपनिर्वाचनमा बझाङ १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत बैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ