arrow

अक्षय तृतीयामा जौको सातु र सर्बत बाँड्दै [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
akhsaya-tritya-pashupati.jpg

काठमाडौँ।  आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्बत खाएर मनाइँदै छ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रूपमा जौको सातु र सर्बत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । 

महादेव र पार्वतीको विवाह भएको दिनका रूपमा पनि अक्षय तृतीयालाई लिने गरिन्छ । अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ । 

यस तिथिमा गरेका कर्महरूको फल नाश नभई दिगो रूपमा प्राप्त हुने भएकाले यस तिथिलाई अक्षय तृतीया भन्ने गरिन्छ । 

यो युग आरम्भ हुने तिथि पनि हो । महाभारतको लडाइँसँगै द्वापर युग सकिएको दिनका रूपमा पनि यस दिनको सम्झना गरिन्छ । 

सत्य र त्रेता युगको आदि दिवस अर्थात् प्रारम्भ दिवसको रूपमा पनि यस दिनलाई लिने गरिन्छ । 

भगवान् श्री विष्णुले नरनारायण, हयग्रीव तथा परशुरामको अवतारसमेत यसै दिन लिएको शास्त्रमा वर्णन गरेको पाइन्छ । 

भगवान् विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गङ्गा धरतीमा आएको दिनका रूपमा पनि आजको दिनलाई लिने गरिन्छ । 

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको शुरुवात भएको मानिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ