arrow

हिन्दूवादीहरु राजनीतिक रुपमा सशक्त हुनुपर्छ : विनय यादव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
binaya-yadav-81-2-2.jpg

बाँके । बाँके जिल्लाको नेपालगंजमा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियान सो सम्मेलनले संघीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ  विस्तारवाद र इस्लामिक अतिवादविरुद्ध चेतना जगाउने उदेश्यले आयोजना गरेको बताएको छ।

सम्मेलन जिल्ला संयोजक राजकुमार रौनियार को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो ।विशिष्ट अतिथिमा समाजसेवी किशोर लामा  लगायतको उपस्थिति थियो।

नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ। सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको राष्ट्रिय पहिचानमा यसको भूमिकाबारे प्रकाश पारिएको थियो ।

सम्मेलनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले भने, "अभियान नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न प्रतिबद्ध संस्था हो, हामी समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास गरिरहेका छौं र हामी गर्नेछौं। कुनै पनि विदेशी शक्तिलाई हाम्रो देश कमजोर हुन नदिने ।”

उनले जिल्ला जिल्लामा हिन्दूमाथि आक्रमण भइरहेको र त्यसको विरुद्धमा कुनै राजनीतिक दलले  आपत्ति नजनाएको भन्दै अब सम्पूर्ण हिन्दूवादीहरुले हिन्दूवादी राजनैतिक दलको निर्माणमा जुट्नुको विकल्प नरहेको बताए । 

हिन्दूवादीहरु समाजिक रुपमा अति सक्रिय रहेको र अब राजनैतिक रुपले सशक्त हुनुपर्ने यादवले बताए । अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थीविरुद्ध निरन्तर आवाज उठाइरहेकोसमेत यादवले बताए । 

सम्मेलनमा यस्ता खतराका बारेमा जनचेतना जगाउने र त्यसको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ