arrow

सबै भारतीय सेना माल्दिभ्सबाट फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
indian-army-maldives-2024.jpg

काठमाडौँ । भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो । 

राष्ट्रपति मुइज्जूलाई चीन समर्थक नेताका रूपमा हेरिन्छ । गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जूको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो ।

राष्ट्रपति कार्यालयकी मुख्य प्रवक्ता हिना वलीदले मालदिभ्समा तैनाथ भारतीय सेनाको अन्तिम ब्याचलाई भारत फिर्ता पठाएको बताएकी छिन् । 

भारतीय सेनालाई माल्दिभ्समा दुईवटा हेलिकप्टर र डोर्नियर विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको थियो जुन भारतले नै उपहार दिएको थियो ।

यसअघि माल्दिभ्स सरकारले सोमबार ५१ सैनिकलाई भारत फिर्ता पठाएको घोषणा गरेको थियो । माल्दिभ्स सरकारले यसअघि ८९ भारतीय सैनिक यहाँ रहेको जानकारी दिएको थियो । 

अब प्राविधिक कर्मचारीले तीन वटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिनेछन् । राष्ट्रपति मुइज्जूले भारतीय सैनिक फिर्ता गर्न आग्रह गरेपछि दुई देश (भारत र माल्दिभ्स) बीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो । 

माल्दिभ्स हिन्द महासागरमा भारतको लागि प्रमुख समुद्री छिमेकी देशको रूपमा चिनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ