arrow

मदिरा नीतिमा मुछिएका मुख्यमन्त्री केजरीवाललाई अन्तरिम जमानत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
arvind-kejariwal-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मदिरा नीतिमा मुछिएका भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ ।

सर्वोच्च अदालतले मनि लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो । जमानत पाएसँगै उनी रिहा भएका छन् । 

उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । पाँच वर्षमा एक पटक आउने भएकाले चुनावका क्रममा केजरीवाललाई अन्तरिम जमानत दिइएको अदालतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ