arrow

यु-१९ एसिया कप क्रिकेट: भारतलाई नेपालको १७३ रनको चुनौती

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
nepal-cricket.jpeg
काठमाडौं। यु-१९ एसिया कप क्रिकेट प्रतियोगीतामा नेपालले भारतलाई जीतकालागि १७३ रनको लक्ष्य दिएको छ। रोहित पौडेलको संयमित ब्याटीङले नेपालले सम्मानजनक स्कोर खडा गरेको छ। रोहितले आउट नभई ६८ रन बनाएका थिए। 
 
रोहितले भारतका बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र तीन चौका प्रहार गर्दै २४ रन जोडेका थिए। उनले आफ्नो ६८ रनको पारीमा २ छक्का र सात चौका प्रहार गरेका थिए। त्यसैगरि दिपेन्द्र ऐरीले ३४ रनको योगदान दिएका थिए भने आसिफ शेखले १८ रन बनाएका थिए। 
 
भारतकालागि राहुल चहरले ५ विकेट लिएका थिए। उनले नेपालका पहिलो ४ ब्याट्सम्यामलाई प्याविलियनको बाटो देखाएका थिए भने कप्तान सन्दिप लामिछानेको विेकट पनि उनले हात पारेका थिए। 
 
३८ रनमा पहिलो चार विकेट गुमाएको नेपालकालागि दिपेन्द्र र रोहितको ब्याटीङले सम्हालेको थियो। 
 
अन्तिम विकेटकालागि रोहित र नन्दन यादवले ३८ रनको साझेदारी गरेका थिए। नेपालकालागि सबैभन्दा ठुलो साझेदारी रहेको थियो। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ