arrow

सातौं राष्ट्रिय खेलकूद : मध्यमाञ्चलसँग विमल-अनिलको टोली हार्‍याे

मध्यमाञ्चल ३–० ले विजयी, पुलिसले पूर्वाञ्चललाई हरायो

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
news-FT-st.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पुरुष फुटबलमा नेपाल मध्यमाञ्चल र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । सुनसरीको धरानमा भएको समूहको पहिलो खेलमा मध्यमाञ्चलले राष्ट्रिय टिमका बिमल घर्तीमगर र अनिल गुरुङलाई मैदान उतारेको पश्चिमाञ्चलाई ३–० ले हराएको हो । मध्यमाञ्चललाई जिताउन निरबहादुर आले, रुमेश बर्तौला र श्याम बाबुले एक–एक गोल गरे ।

बिमल र अनिल खेलेको पश्चिमाञ्चलले मध्यमाञ्चलविरुद्ध गोल गर्न सकेन । जितसँगै मध्यमाञ्चलले महत्वपूर्ण ३ अंक बटुलेको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमै भएको पहिलो खेलमा नेपाल पुलिसले पूर्वाञ्चललाई २–१ ले हरायो । पुलिसलाई जिताउन खेलको १९औं मिनेटमा सुमन लामा र ३१औं मिनेटमा बुद्ध तामाङले गोल गरे ।

घरेलु मैदानमा पुलिसविरुद्ध उत्रिएको पूर्वाञ्चलबाट दिपक राईले ६९औं मिनेटमा एक गोल गर्दै हार अन्तर कम गरे । जितसँगै पुलिसले समेत महत्वपूर्ण ३ अंक बटुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ