arrow

नेपाल उद्योग वाणिज्य महासंघमा राजनीतिक समीकरण, एमालेको भवानीसँग वार्गेनिङ

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
CPNUML_Bhawani-2017.jpeg
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघमा राजनीतिक समीकरण चुलिएको छ। आर्थिक क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रुपमा रहेको भएपनि यस पटकदेखि भने यो स्पष्ट रुपमा राजनीतिक कित्तामा उभिने लक्षण देखिएको छ। महासंघ निकट स्रोतका अनुसार अहिले राजनीतिक दलहरु यसमा आफ्नो हिस्सा लिनको लागि आन्तरिक रुपमा छलफल तथा वार्गेनिङमा समेत लाग्न थालेका छन्।
 
पछिल्लो समयको समीकरण अनुसार ३ जनाले वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएको भएपनि अहिलेकै अवस्थामा दुई वटा मात्रै प्यानल बन्ने सम्भावना देखिएको छ। जसमा संस्थापन पक्षको तर्फबाट एशोसिएट्स उपाध्यक्ष समेत रहेका शेखर गोल्छाले आकांक्षा देखाएका छन् भने संस्थापनको विपक्षबाट किशोर श्रेष्ठले उम्मेदवारीमा आकांक्षा देखाएको बुझिन आएको छ। 
 
अहिले संस्थापनको तर्फबाट उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्षलाई जिताउने ग्यारेन्टी सहित सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भवानी राणासँग नयाँ प्रस्ताव तथा वार्गेनिङ गर्न थालेको छ । उसले आफूले भनेका दुई जनालाई उपाध्यक्ष बनाउनको लागि अहिले भवानीसँग वार्गेनिङ गर्न थालेको बुझिन आएको छ । 
 
तर, सरकार पक्षको तर्फबाट भने अहिलेका जिल्ला उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिने तयारी गरिरहेको महासंघ निकट स्रोतले जानकारी दिएको छ । उनले बस्तुगत उपाध्यक्ष दिनेश श्रेष्ठलाई कोषाध्यक्ष लगायतका कुनै स्थानमा मिलाएर आफू वरिष्ठमा उठ्ने तयारी गरिरहेका छन् । यस्तो अवस्थामा किशोरको पक्षमा पूर्व अध्यक्षहरुको अधिकांशको सहयोग हुने देखिन्छ ।
 
यद्यपि यो समीकरण अहिलेसम्मको पछिल्लो समीकरण भएकोले यो अन्तिम अवस्थासम्म परिवर्तन हुन सक्ने सम्भावना पनि त्यत्तिकै रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन आउँदा चैतको अन्तिममा हुनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ