मुम्बई । बलिउडका किंग खानको चलचित्र 'रईस' २५ जनवरीमा रिलिज हुदैछ । शाहरुख खान आफ्नो चलचित्रको प्रमोशन कडा मेहनतका साथ गरिरहेका छन् । उनले अब चलचित्रको प्रमोशन नयाँ रुपमा तरिकाले गर्ने भएका छन् । शाहरुख आफ्नो चलचित्र 'रईस' को प्रमोट गर्न रेलमा मुम्बईबाट दिल्ली जानेछन् । खानले फरक फरक स्टेशनमा आफ्नो फ्यानसँग चलचित्रको प्रचार गर्ने भारतीय संचार माध्यमले जनाएका छन् ।
शाहरुख आफ्नो टोलि सहित सोमवार ५ बजे बम्बे सेन्ट्रलबाट अगस्त क्रान्ति एक्सप्रेसमा चढ्नेछन् र मंगलवार बिहान करिब ११ बजे हजरत निजामुद्दीन रेलवे स्टेशन पुग्नेछन् ।
सो क्रममा रेल बम्बे सेन्ट्रलबाट अन्धेरी, बोरीवली, वापी, वलसाड, सूरत, भरूच, बडोदरा, रतलाम, कोटा, सवाई माधोपुर र मथुरा स्टेशनमा रोकिनेछ । यी सबै स्टेशनमा उत्रिएर शाहरुखले आफ्ना दर्शकलाई भेटदै चलचित्र 'रईस' हेर्न अपील गर्नेछन् ।
चलचित्र उद्योगमा शाहरुखको यो २५ औँ बर्ष हो । उनि आफ्नो सपना पुरा गर्न रेलबाटै मुम्बई आएका थिए , यस यात्राबाट उनको पुरानो याद र खस्कदो चलचित्र बजार पनि माथि उठ्नेमा विश्वास लिएका छन् । एजेन्सी